३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नगर विकास योजना, नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण तथा गत आर्थिक वर्षका प्रमुख उपलब्धि, विकास गतिविधि, वित्तीय अवस्था र संस्थागत प्रगतिसहितको वार्षिक प्रकाशन एकै समारोहबीच सार्वजनिक गर्दै स्थानीय शासनमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

बिज्ञापन

नगरपालिकाले योजना, नीति, बजेट र कार्यसम्पादनलाई तथ्यमा आधारित, व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यका साथ यी महत्वपूर्ण दस्तावेज असार महिनाभित्रै सार्वजनिक गरेको हो। नगरपालिकाका अनुसार यस उपलब्धिसँगै बुढानीलकण्ठ ७५३ स्थानीय तहमध्ये असार महिनाभित्रै वार्षिक प्रकाशन सार्वजनिक गर्ने पहिलो नगरपालिका बनेको छ।

बिज्ञापन

सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा नगरको आर्थिक तथा सामाजिक अवस्थाको समग्र चित्र प्रस्तुत गरिएको छ। यसले आगामी योजना तथा बजेट निर्माणका लागि आवश्यक तथ्यगत आधार उपलब्ध गराउनुका साथै आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका प्रमुख विकास आयोजना, सेवा प्रवाह सुधारका प्रयास, सामाजिक तथा आर्थिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासन र संस्थागत विकाससँग सम्बन्धित उपलब्धिहरू समेटेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय सरकारको प्रभावकारिता समयमै योजना निर्माण, पारदर्शी वित्तीय व्यवस्थापन र नागरिकप्रतिको उत्तरदायित्वमा निर्भर रहने बताउनुभयो। उहाँले वार्षिक नगर विकास योजना, नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण तथा वार्षिक प्रकाशन समयमै सार्वजनिक हुनु नगरपालिकाको सुशासन, पारदर्शिता र उत्तरदायी शासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गर्नुभयो।

बिज्ञापन

उहाँले अब विकासका निर्णय अनुमानका आधारमा नभई तथ्य र प्रमाणका आधारमा गरिने स्पष्ट पार्दै यस उपलब्धिको श्रेय सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विकास साझेदार, सञ्चारमाध्यम, नागरिक समाज तथा नगरवासीलाई जाने बताउनुभयो। आगामी दिनमा नागरिकको अपेक्षाअनुसार गुणस्तरीय, प्रविधिमैत्री र परिणाममुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

नगर उपप्रमुख अनिता लामाले स्थानीय सरकारको सफलताको आधार नागरिक सहभागिता, समावेशी योजना र वित्तीय अनुशासन भएको बताउनुभयो। योजना निर्माणदेखि कार्यान्वयनसम्म महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सबै समुदायको सहभागिता सुनिश्चित गर्दै अघि बढिरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक गरिएका दस्तावेजहरूले नगरको विकास यात्रालाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। यस कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले समयमै दस्तावेज तयारी हुनु संस्थागत समन्वय, परिणाममुखी कार्यसंस्कृति र जिम्मेवारीबोधको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। जनप्रतिनिधि, विषयगत महाशाखा, शाखा, वडा कार्यालय तथा सम्पूर्ण कर्मचारीबीचको प्रभावकारी समन्वय र निरन्तर मेहनतका कारण निर्धारित समयमै दस्तावेज तयार गरी सार्वजनिक गर्न सम्भव भएको उहाँको भनाइ थियो। आगामी दिनमा डिजिटल सुशासन, तथ्यमा आधारित निर्णय प्रणाली, वित्तीय पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई अझ संस्थागत गर्दै लगिने उहाँले बताउनुभयो।

नगरपालिकाले यस उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, विषयगत महाशाखा तथा शाखा, वडा कार्यालय, सञ्चारकर्मी, विकास साझेदार, नागरिक समाज, सुरक्षा निकाय तथा सम्पूर्ण नगरवासीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नगरपालिकाका अनुसार समयमै सार्वजनिक गरिएका यी दस्तावेजहरूले विकास योजना कार्यान्वयन, बजेट व्यवस्थापन, सार्वजनिक उत्तरदायित्व, वित्तीय अनुशासन, संस्थागत सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछन्। साथै बुढानीलकण्ठलाई सुशासित, समृद्ध, स्मार्ट र नागरिकमैत्री नगरपालिकाका रूपमा विकास गर्ने अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

सरकारी कर्मचारीको तलब आजदेखि बढ्यो : अब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

यी हुन यही आर्थिक बर्षमा अनिवार्य अवकाशमा जाने २२ सचिवहरु

बिशेष