सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको थियो । जुन आजदेखि कार्यन्वयनमा जाने भएको हो ।
बिज्ञापन
२०७९ सालको बजेट वक्तव्यबाट १५ प्रतिशत तलब बढेयता कर्मचारीको तलब बढेको थिएन । त्यतिबेला तलबबाहेक कर्मचारीले मासिक २ हजार रुपैयाँ महँगी भत्ता भने पाइरहेका थिए । त्यसयताका तीन वर्ष कर्मचारीको तलब बढेको थिएन । गत वर्ष भने सरकारले मुख्यसचिवदेखि कार्यालय सहायकसम्मलाई एकमुष्ट मासिक ५ हजार रुपैयाँका दरले महँगी भत्ता दिएको थियो । चार बर्षदेखि तलब नबढेको कर्मचारीहरुको चालु आर्थिक बर्षदेखि शुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनका आधारमा पारिश्रमिक दिने पद्धतिको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन् । नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशतको वृद्धि भएको छ ।
बिज्ञापन
जस अनुसार, हिजोसम्म मासिक ७७ हजार २ सय ११ रुपैयाँ आधारभूत तलब पाएका मुख्यसचिवको तलब बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४ सय २५ रुपैयाँ पुग्ने छ । मुख्यसचिवको आधारभूत तलब करिब साढे ७ हजार रुपैयाँ बढेको छ भने सचिवको ७ हजार रुपैयाँजति बढेको छ । यस्तै सबैभन्दा तल्लो तह मानिने कार्यालय सहायकको तलब २७ हजार ६ सय ११ रुपैयाँ रहेकोमा अब बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ । अब उनीहरूले यसअघिकै ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने करिब ३ हजार प्रोत्साहन भत्ता पाउनेछन् । सबैभन्दा तल्लो तहका कर्मचारीको आधारभूत तलब ३८ हजार ४ यस ९ पुग्ने छ ।
यस तलब वृद्धिसँगै निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम भएको छ । अर्थात् तल्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी हुनेछ ।




























