मन्त्री–सचिव टकरावपछि सचिवको सरुवा

विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केही दिनदेखि चलिरहेको मन्त्री–सचिव विवाद अन्ततः सरुवासँगै टुंगिएको छ। प्रदेश मन्त्रिपरिषद्ले मन्त्रालयका सचिव आस्मान तामाङलाई प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ।

बिज्ञापन

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङको सरुवा गर्दै उनको स्थानमा सहसचिव कृष्णप्रसाद सापकोटालाई मन्त्रालयको जिम्मेवारी दिएको हो। सापकोटाले शुक्रबार नै पदभार ग्रहण गरेका छन्।

बिज्ञापन

मन्त्रालयभित्र मन्त्री इन्द्रमणी पराजुली र सचिव तामाङबीच लामो समयदेखि असमझदारी रहेको चर्चा भइरहेका बेला गत सोमबारको घटनाले सम्बन्ध थप चिसिएको थियो। मन्त्रालय स्रोतका अनुसार दुवैबीच मन्त्रीको कार्यकक्षमै चर्को विवाद भएको थियो।

विवादको सुरुआत मन्त्री पराजुलीले कर्मचारीतन्त्रप्रति असन्तुष्टि व्यक्त गर्दै दिएको अभिव्यक्तिबाट भएको बताइन्छ। त्यसक्रममा सचिव तामाङले पनि प्रतिवाद गरेपछि वातावरण तनावग्रस्त बनेको थियो। घटनापछि तामाङ कार्यकक्ष छाडेर बाहिरिएका थिए।

बिज्ञापन

स्रोतका अनुसार भेटघाटमै सीमित नरही दुवैबीच फोन संवादमा समेत तर्क–वितर्क भएको थियो। त्यसलगत्तै तामाङले मन्त्रालयको दैनिक प्रशासनिक जिम्मेवारी उपसचिव अर्जुन निरौलालाई सुम्पेर बिदा लिएका थिए।

सोमबार भएको विवादको पाँच दिन नबित्दै प्रदेश सरकारले सचिव परिवर्तनको निर्णय गरेको हो। नयाँ सचिव सापकोटालाई मन्त्री पराजुलीले मन्त्रालयमा स्वागत गरेका छन्।

उक्त बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८० प्रदेश सभामा प्रस्तुत गर्न अनुमति दिने निर्णय पनि गरेको छ। साथै बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्डलाई स्वीकृतिका लागि अगाडि बढाउने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष