तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

पछिल्लो समय तस्करीको मुख्य केन्द्र बन्न पुगेको छ,कोराला नाका । व्यापारी तथा तस्करहरुले प्रशासन,प्रहरीहरुलाई समेत हातमा लिएर सो नाकाबाट भेपदेखि गाडीहरुको तस्करी हुँदै आएको खुलेको छ ।
करोडौंको भेप तस्करी प्रकरणको अनुसन्धान नहुँदै सोही नाकाबाट भित्रिँदै गरेको सात सय ७४ गाडी सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सरकारले आव २०८३ ८४ को बजेटमा विद्युतीय सवारीमा करको दर हेरफेर गरेको थियो । त्यसअगावै ठूलो संख्यामा विभिन्न नाकाबाट त्यस्ता सवारीहरु भित्रिएका थिए । करको दर हेरफेरको सूचना पाएर साइमक्स इंकले सो लगायतका रसुवा नाका प्रयो गरि ठूलो संख्या विद्युतीय गाडी भित्र्याएको थियो । जसमध्ये कोरला नाकाबाट भित्र्याइएका यी गाडी विभिन्न जिल्ला लैजान लागिएको र उक्त सूचनापछि सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।

बिज्ञापन

जोमसोम,भन्सार,कास्कीलगायत चार ठाउँमा राखिएका ती कार भन्सारलाई बुझाउने तयारी भइरहेको उनले जानकारी दिए । सो गाडी ल्याउने सिमेक्स कम्पनी नेपालकी यमुना श्रेष्ठ हुन् । काभ्रेपलाञ्चोकको दाप्चा घर भएकी उनी बिवाइडीकी एजेण्ट हुन् । बजेट अघि नै कर बृद्धिको खबर चुहिएसँगै साइमेक्स इंकले कागजमा मात्र जाँचपास गराएका आंशका गरिएको छ । सो नाकाबाट ७ सय ७४ वटा चिनियाँ कम्पनी बीवाईडीका विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा लिएको हो। सो कम्पनीले बजेट अगाडिका १५ दिनमा मात्र झण्डै १४ सय युनिट गाडीहरु भित्र्याएको र सो बाट एक अर्ब कर नोक्सानी भएको भन्सारका अधिकारीहरुले बताएका छन् । यस अघि यस्तै प्रकरणमा मुछिएर रसुवाका प्रमुख भन्सार अधिकृतसहितका पाँच जना काठमाडौं तानिएका छन् । कोरला नाकामा अहिले विदुर चुडाल प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

बिज्ञापन

यस अघि सोही नाकाबाट ठूलो परिणाममा भेप भित्र्याइएको बिषयमा कर्मचारी प्रेसले निरन्तर समाचार लेखेर सो को फ्लो अप समेत गरिरहेको छ । बजेट लेखनको पूर्व सन्ध्यामा जेठ १ गते राति कोरोला नाकाबाट ५९१ कार्टुन भेप बरामद भएको थियो। स्रोतका अनुसार २४०० कार्टुन भेप नेपालतर्फ ल्याइएको भए पनि करिब १४ करोड ४० लाख रुपैयाँ बराबरको ५९१ कार्टुनमात्र बरामत गरिएको थियो । बाँकी भेप गायब बनाइएको छ । सोही बिषयको छानबिन गर्न त्यहाँ अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागका उपसचिव (निर्देशक) भुपालराज शाक्य र शाखा अधिकृत रमेश सुकमनीलाई छानबिनका लागि मुस्ताङ खटाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीहरुको अध्ययन बिदा र विदेश भ्रमणमा एकरुपता कायम गरिँदै

तस्करीको हब बन्दै कोरला भन्सार,अनुसन्धानको राडारमा दर्जनौं कर्मचारी

प्रमुख प्रशासकीय माथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्धारा भर्त्सना

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

कर्मचारी प्रेसको निरन्तर खुलासापछि मन्त्रालयको छानबिन टोली मुस्ताङमा

सरकारको प्रशासनिक सुधार आयोगको निर्णयमाथि प्रश्न : कर्मचारीको भविष्य अन्योलमा

कसले दियो करको पूर्व सूचना ?

शाखा अधिकृतको बढुवा सूची संशोधित

बिशेष