सरकारले नेपाल प्रहरीका कर्मचारीले पाउँदै आएका रासन सुविधा तथा दैनिक भत्तामा सुधार गर्ने निर्णय गरेको छ।
बिज्ञापन
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल र भत्तासम्बन्धी विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै वृद्धि गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यो निर्णय आगामी फागुन १ गतेदेखि लागू हुनेछ।
हाल रासन सुविधामा कति रकम वृद्धि हुने भन्ने विषय भने सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायबाट आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउने सरकारको भनाइ छ।
सरकारको यो निर्णयले प्रहरी कर्मचारीको सेवा–सुविधामा केही राहत पुग्ने अपेक्षा गरिएको छ।


























