ज्योतिष विद्यामा गहिरो अध्ययन गर्नेहरू घटिरहेको सन्दर्भमा प्रा. कपिल अज्ञातको `ज्योतिष सूत्र ´ नामक पुस्तक बजारमा आएको छ । यो पुस्तक एक सचेत लेखकले लेखेको , तथ्यगत ज्योतिष दर्शनको शास्त्रीयतामा आधारित दार्शनिक कृति हो । यस पुस्तकमा ज्योतिष विद्याले बताएको कर्मको सिद्धान्त , आत्मबोधको मान्यता र जीवन यावत् पक्षहरूमा ज्योतिषशास्त्रले कसरी प्रभाव पार्छ भन्ने कुरा प्रस्तुत गरिएको छ ।
बिज्ञापन
साहित्यमा होस वा समाचारमा कार्य कारणको भूमिका हुन्छ । हिजो प्रारब्धमा गरिएका कर्महरूले आजको दिनलाई प्रभावित पारिरहेको छ् भन्ने कुरालाई ज्योतिषशास्त्रले शास्त्रीय रूपमा मान्यताले मानेको छ । यही आधारमा फलादेश गर्ने गरिन्छ ।
प्रा . कपिल अज्ञात एकजना साहित्यकार , समालोचक र ज्योतिष विधाको एक गहिरो अध्येता हुन । उनले यस पुस्तक बिषयहरूलाई वैदिक सनातनकालदेखि नै पुर्वीय ज्योतिष परम्पराको मान्यतालाई केलाउदै , बौद्धिक गहिराईमा पुगेर विश्लेषण गरेको छ्न । ` ज्योतिष सूत्र ´ नामक पुस्तक जोकोही पनि पुर्वीय दर्शनका जिज्ञाशुहरूलाई आवश्यक पुस्तक बनेको छ् ।
दर्जनौं साहित्यिक र समालोचनात्मक कृति लेखिसकेका अज्ञातको यो पुस्तक ज्यादै खदिलो खोजमूलक र रोचक छ । भाषामा सरलता छ , पुस्तकमा प्रयोग भएको भाषा जोकोहीले पढन सक्ने खालको छ । यति महत्त्वपूर्ण पुस्तक प्रकाशनका निम्ति लेखकलाई धन्यवाद । यस्तो महत्त्वपूर्ण पुस्तक छापिदिने भुँडीपुराण प्रकाशन बागबजारलाई पनि उतिकै धन्यवादका दिनुपर्ने हुन्छ ।
लेखकीयमा स्वयं प्रा. कपिल अज्ञात लेख्छ्न – भविष्यका बारेमा हरकोहीले सोच्छ्न् , योजना बनाउँछन । जसका योजना सफल हुँदै जान्छन् , तिनले ज्योतिषसँग त्यति सरोकार राख्दैनन् , तर भरमग्दुर कोशिश गर्दागर्दै पनि जो सफल हुन सकिरहेका हुँदैनन् र हरेश खाएका पनि हुँदैनन् तिनको ज्योतिषप्रति उत्सुकता जाग्छ । ती परामर्शको खोजीमा रहन्छन् । ( कपिल अज्ञात , लेखकीय , पृ. ङ , ज्योतिष सूत्र ।)
यी हरफहरूले ज्योतिषसँग मानिसहरूको अपेक्षालाई बताउँछन् । यदि ज्योतिष मनोविज्ञान मात्र थियो भने लाखौं मानिसहरूको यस शास्त्रमा रुचि हुने थिएन । ज्योतिषशास्त्र अध्ययन गरिरहदा हरेक कुरामा तथ्य खोजि गरिन्छ । सत्यको खोजी गर्ने क्रममा ज्योतिषशास्त्र प्रादुर्भाव भएको हो । नत्र भने एउटा कुण्डलीको भरमा ज्योतिषले जातकको यावत् जिज्ञासा् शान्त बनाउन सक्ने थिएनन् ।
ज्योतिषशास्त्रलाई अल्पअल्पमा बुझेका केही व्यक्तिका कारण ज्योतिष शास्त्रको गम्भीर अध्ययनमा कमि आएको छ । कतिपय ज्योतिषले अध्ययन भन्दा सामाजिक संजालमा भाइरल हुन खोज्दा गलत कुरा पनि फैलिएको उदाहरण छन् । यी यावत् बिषयलाई सम्बोधन हुने गरि `ज्योतिष सूत्र ´नामक पुस्तक प्रकाशनमा आएको छ । यसैले प्रा. कपिलले गरेको यो प्रयासलाई साधुवाद र धन्यवाद ।
…
यस पुस्तकमा विभिन्न भागहरू रहेका छन् । लेखक प्रा. कपिल अज्ञातले पुस्तकका बिषय र सन्दर्भलाई ज्योतिषशास्त्रीय ढंगले सरस भाषामा व्याख्या गर्न खोजेको देखिन्छ ।
खण्ड क´ मा ग्रहसिद्धान्तको बिस्तृत ब्याख्या गरिएको छ । खण्ड ख´मा ग्रहभाव फलको नियमको चर्चा छ । खण्ड ` ग ´को शिर्षक नै ज्योतिष सूत्र नाम दिइएको छ । यसमा लक्ष्मी – बिष्णुको सम्बन्ध , महाधनप्राप्तिदेखि नातासम्बन्धमा चन्द्र – मंगलको सम्बन्धसम्म रोचक ब्याख्याहरू रहेका छन् । खण्ड `घ ´मा ज्योतिष दृष्टिकोण शिर्षकमा रोचक अनि शास्त्रमा आधारित भएर चर्चा गरिएको छ । खण्ड `ङ ´ज्योतिष योग शिर्षकमा रहेको छ । यसमा शकटयोग , दिर्घायुयोग , बायुयोग , भेरीयोग , इन्द्रयोग , रसातलयोग , बहुपत्नीयोग , सरस्वतीयोग , कुलदीप योग ,अल्पायु योग आदिको बिस्तृत चर्चा गरिएको छ ।
बिज्ञापन
प्रकिर्ण खण्ड यस पुस्तकको रोचक खण्ड हो । यस खण्डमा ज्योतिष बिरोधाभाष , लालकिताबका गुरु, गुरूको अशुभ फल , ग्रह अनुसार रोग , सगावरको सगाकन्यासँग विवाह निषेध जस्ता गहिरो सन्दर्भहरूको चर्चा गरिएको छ ।
परिशिष्ट `ख ´मा रहस्यचक्र ,व्यक्तित्वमा ग्रहको बिम्ब , राहुको प्रभाव , महाअनिष्ट योग , केतुको कारनामा आदि रोचक बिषयलाई पर्गेल्न खोजिएको छ । पुस्तक ठुलो छ । ठुलो आकारको भइकन पढनीय छ । कुनै व्यक्तिलाइ ज्योतिषशास्त्र रुचि भन्ने यो पुस्तक मज्जा पढन सक्छन् । प्रा. कपिल अज्ञात साहित्यकार भएको उनको भाषा सरल र सरस छ । किताबले पढदा व्यक्तिलाई जीवनका रहस्यहरूसँग साक्षात्कार भएझै लाग्दछ ।
२०४६ सालमै अज्ञातका कविता शिर्षकको कविता संग्रहमार्फत नेपाली साहित्यमा सक्रिय प्रा . खनालको दर्जनौं कृतिहरू प्रकाशनमा आएको देखिन्छ । कविता , मुक्तक , गीत , गजल , समालोचना , समिक्षा , शोधखोज , निबन्ध , यात्रा संस्मरण , आलेख जस्ता साहित्य विधा उपविधामा उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।
उनका उल्लेखनीय केही कृतिमा गीति गुन्जन ( गीतिसंग्रह २०८१) , अनुविम्ब ( मुक्तकसंग्रह २०८१) , निर्वात स्वरहरू( कविता संग्रह २०६९) , समालोचनाको सन्दर्भ ( समालोचना संग्रह २०५५) , लोकसाहित्य , प्रवृत्ति र अन्वेषण ( समालोचना २०६७) , देवकोटा क्षितिज ( २०७७), भूलहरूको विरुद्ध ( निबन्धसंग्रह २०६४ ) यात्रा अनुस्मृती ( यात्रा संस्मरण २०७७) आदि नेपाली साहित्यका महत्त्वपूर्ण कृतिका रूपमा दर्ज भएका छन् । `ज्योतिष सूत्र ´प्रा. अज्ञातको एक शक्तिशाली र महत्त्वपूर्ण कृति हो । यस किताबका हरेक मान्छेको जीवनसँग जोडिएको , महत्त्वपूर्ण तर अदृश्य कर्मयोगको तथ्यलाई उजागर गरेको छ । लेखकलाई फ़ेरि धन्यवाद ।
– रत्न मानव


























