निर्वाचन आचारसंहिता विपरित ट्रेड युनियनकर्मीलाई निर्वाचनमा खटाइएको पाइएको छ ।
बिज्ञापन
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले निर्वाचन आचारसंहिता ०८२ विपरित दलीय ट्रेड युनियनका सक्रिय कर्मचारीका नेतालाई नै सहायक मतादन अधिकृतको जिम्मेवारी दिइएको पाइएको हो ।
निर्वाचन आयोगद्वारा जारी जनशक्ति व्यवस्थापनका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२’ ले राजनीतिक दलसम्बद्ध संगठनमा भएका कर्मचारीलाई निर्वाचन आयोगले आगामी निर्वाचनमा नखटाउने भनेको छ । सो आचारसंहितामा फागुन २१ निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले आफ्नो वडामा समेत जान समेत लगाम लगाएको छ आचारसंहिताले ।
यस पटक निर्वाचनमा हुने सक्ने धाँधली र कर्मचारीको राजनीतिक प्रभावलाई न्यूनीकरण गर्दै आम मतदाताको विश्वास जित्न आयोगले निर्वाचनको निष्पक्षता कायम गर्न कर्मचारी परिचालनमा आयोगले आचारसहिंतामार्फत विशेष कडाइ गरेको भए पनि पर्सा निर्वाचन क्षेत्रमा भने आचारसहिता विपरित काँग्रेस निकट कर्मचारी ट्रेड युनियनको विभागीय अध्यक्ष चलाइसकेका प्रभाकरकुमार मल्लिकलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएको भेटिएको हो ।
बिज्ञापन
निर्देशिकाको दफा २२ अनुसार निजामती कर्मचारी, शिक्षक वा अन्य सरकारी निकायमा कार्यरत राष्ट्रियस्तरको ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनको काममा निषेध गरेको छ । यसैगरी, कुनै कर्मचारीको घर वा ठेगाना भएको वडामा सोही कर्मचारीलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृतको रूपमा खटाउन नपाइने व्यवस्था गरेको भए पनि मुख्य निर्वाचन अधिकृत गायत्री रेग्मीले आचारसंहिता विपरित नेपाली काँग्रेस निकट कर्मचारी ट्रेड युनियनका विभागीय अध्यक्षलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएसँगै कर्मचारीहरुले चर्काे आलोचना गरिरहेका छन् ।
नेपाली काँग्रेसनिकट ट्रेड युनियनको विभागीय कार्यसमिति अध्यक्ष भइसकेका प्रभाकरकुमार मल्लिकलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ जुन निर्वाचन आचारसंहिताविपरीत छ,त्यहीँ कार्यरत एक कर्मचारीले भने । निर्वाचन आचारसंहितामा ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनसम्बन्धी कुनै जिम्मेवारी दिन नमिल्ने स्पष्ट उल्लेख छ ।
निर्वाचन आयोगले भने निर्वाचन जस्तो संवेदनशील कार्यमा लापर्बाही गर्ने कर्मचारीलाई कडा कारबाहीको चेतावनी दिइएको छ ।
तर,कर्मचारी नेताहरुले भने निर्वाचन आचारसंहितालाई नै हास्यस्पद् भएको टिप्पणी गरेका छन् । एक कर्मचारी ट्रेड युनियनका नेताले टिप्पणी गर्दै भने,’शाखा अधिकृतसम्म ट्रेड युनियनको हक संविधान,कानुनले दिएको छ । कोही ट्रेड युनियनमा लाग्छ । शाखा अधिकृत हुँदै उपसचिवमा बढुवा हुन्छ । उपसचिवमा बढुवा भएसँगै उस्को ट्रेड युनियन हक स्वत समाप्त हुन्छ । के उसले जागिरै अब नखाने त ? ‘


























