गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य मन्त्रालयमा

काठमाडौँ – सरकारले गण्डकी र मधेश प्रदेशमा स्वास्थ्य सचिव पदमा प्रमुख सरुवा गरेको छ। २ माघमा बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिज्ञापन

यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक रहेका डा. बसौलाले गण्डकी प्रदेश सचिवको जिम्मेवारी सम्हाल्दैछन्। गण्डकी प्रदेश सचिवका रूपमा कार्यरत डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवको नियुक्ति गरेको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. यादव अब मधेश प्रदेश स्वास्थ्य सचिवको पद सम्हाल्नेछन्।

साथै, मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

सरकारी निर्णयसँगै स्वास्थ्य प्रशासनमा महत्वपूर्ण नेतृत्व परिवर्तन भएको छ, जसले प्रदेशस्तरमा स्वास्थ्य सेवा व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष