काठमाडौँ – सरकारले गण्डकी र मधेश प्रदेशमा स्वास्थ्य सचिव पदमा प्रमुख सरुवा गरेको छ। २ माघमा बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिज्ञापन
यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक रहेका डा. बसौलाले गण्डकी प्रदेश सचिवको जिम्मेवारी सम्हाल्दैछन्। गण्डकी प्रदेश सचिवका रूपमा कार्यरत डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवको नियुक्ति गरेको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. यादव अब मधेश प्रदेश स्वास्थ्य सचिवको पद सम्हाल्नेछन्।
साथै, मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत ओमप्रसाद अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
बिज्ञापन
सरकारी निर्णयसँगै स्वास्थ्य प्रशासनमा महत्वपूर्ण नेतृत्व परिवर्तन भएको छ, जसले प्रदेशस्तरमा स्वास्थ्य सेवा व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।


























