आठ सहसचिवहरुको सरुवा

सरकारले आठ जना सहसचिवहरुको सरुवा गरेको छ ।
अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार गृहबाट सहसचिव केदारनाथ शर्मा अर्थमा पुगेका छन् भने भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परी हालैमात्र विशेषबाट सफाइ पाएका प्रदीप परियारलाई सामान्य प्रशासन मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,मधेश प्रदेशमा सरुवा भएका धर्मेन्द्र कुमार मिश्रलाई गृहमै सारिएको छ ।
यस्तै,काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहँदा जेनजीको आन्दोलन दमन गरेको आरोपमा गृह हुँदै सामान्यमा तानिएका छविलाल रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश,नेपाल स्वास्थ्य सेवाका विश्ववन्धु बगाले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार,युवानिधि बसौलालाई स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेश,मधेश प्रदेशबाट ओम प्रकाश यादवलाई स्वास्थ्यमा ल्याइँदा राम आधार यादव मन्त्रालयबाट मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

बिशेष