ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

मालपोत कार्यालयबाट सरुवा भएर सामान्य हुँदै जिल्ला समन्वय समितितिर खटाइएका दुई उपसचिवमध्ये एकको सरुवा बदर भएको छ भने अर्काे एक उपसचिवको सरुवा सदर भएको छ ।

बिज्ञापन

मालपोतबाट सरुवा भएका दुई उपसचिव र एक नायब सुव्वाले सरुवा बदर माग गर्दै दायर गरेको रिट उपर हिजो भएको सुनुवाईको क्रममा एक उपसचिव र एक नासुको सरुवा बदर भएको हो भने अर्काे उपसचिवको सरुवा सदर गरेको हो

बिज्ञापन

प्रशासकीय अदालतका अध्यक्ष डा टेकबहादुर घिमिरे र सदस्यद्धय आलोकचन्द्र श्रेष्ठको इजलासले मालपोत ललितपुरबाट सरुवा भएका अशोक भट्टराईको हकमा अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेर सरूवा सदर गरेको छ भने भक्तपुर मालपोतबाट सरुवा भएर सामान्यको बरण्डा हुँदै जिल्ला समन्वय समितितिर पुगेका माधव घिमिरे र त्यहीँबाट सरुवा भएर गृहमा पुगेका नासु डम्बर कार्कीको हकमा यस अघिको अन्तरकालीन अन्त्रिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो । प्रशासकीय अदालतको यो निर्णयसँगै त्यहाँका तत्कालीन मालपोत प्रमुख माधव घिमिरे र डम्बर कार्कीको हकमा सरुवा बदर गरिदिएको हो ।

हालैमात्र भूमि व्यवस्था मन्त्री कुमार इङ्गनामले सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेल र कर्मचारी प्रशासन हेर्दै आएकी पार्वती शर्मालाई मन्त्रालयमै डाकेर मालपोत कार्यालय भक्तपुर र लगनखेल मालपोतका प्रमुखहरुको तत्काल सरुवा गरी दुर्गममा पठाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि गत पुस २० मा ती उपसचिवद्धय माधव घिमिरे र अशोक भट्टराईलाई सामान्यको बरण्डामा तानियो । यी दुबै उपसचिव सरुवा बदरको मुद्धा बोकेर प्रशासकीय अदालत पुगेका थिए,२४ पुसमा । यी दुई उपसचिवसँगै मिसिएर भक्तपुर मालपोतमा बसेर रजगज गरिरहेका डम्बर कार्कीले समेत त्यहाँ मुद्धा दर्ता गराएकामा अदालतका अध्यक्ष डा टेक बहादुर घिमिरे,नवल किशोर यादव र आलोक चन्द्र श्रेष्ठको इजलाशमा उपसचिवद्धय माधव घिमिरे,अशोक भट्टराईका हकमा फरक फरक आदेश दिएको हो ।

बिज्ञापन

यता,प्रशासकीय अदालतबाट निर्णय आउनु अगावै भूमि व्यवस्था मन्त्रालयले ती दुबै मालपोत कार्यालयमा नयाँ हाकिम खटाइसकेको छ । भूमि व्यवस्था मन्त्रालयले हालैमात्र ती निकायमा भीमबहादुर बुढा र अर्जुन राईलाई खटाएको छ । मालपोत कार्यालय ललितपुरको प्रमुखको जिम्मेवारी लिएर जान लागेका बुढा राष्ट्रिय सहकारी प्राधिकरणमा कार्यरत थिए भने अर्जुन राईलाई गत साता मात्र भूमि मन्त्रालयमा सरुवा भएर गएका हुन । राईले गृह मन्त्रालय मागेको भए पनि उनी भूमि मन्त्रालयमा पुगेर मालपोत भक्तपुरको प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ । यसरी सरुवा बदरको माग राखेर प्रशासकीय अदालत पुगेका उपसचिवमध्ये माधव घिमिरेलाई जिल्ला समन्वय समिति संखुवासभा र अशोक भट्टराईलाई जिल्ला समन्वय समिति भोजपुरमा पु¥याएको छ ।

जसमध्ये भट्टराईले रमाना लिइसकेको र घिमिरेले रमाना नलिएका कारण अदालतले यसरी आदेश दिएको हुनसक्छ । अब सरुवा बदर गरेका उपसचिव घिमिरे र नासु कार्कीलाई मन्त्रालयकै बरण्डामा राखेर तलब खुवाउनुपर्ने हुनसक्छ वा अन्यन्त्र कतै मालपोतमा पठाइने निर्णय हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

बिशेष