सरकारले मन्त्रालयस्तरमै सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै प्रशासनिक पुनर्सन्तुलन गरेको छ।
बिज्ञापन
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय का सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरिएको छ।
उता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत लाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रशासनिक कार्यक्षमता र समन्वय मजबुत बनाउने उद्देश्यसहित गरिएको यो हेरफेर तत्काल कार्यान्वयनमा जाने बताइएको छ।


























