राजस्वले बदल्दै अनुसन्धानको शैली : गलत गर्नेविरुद्ध निर्मम, सही कारोबार गर्नेले पाउनेछैनन् अब दुःख

राजस्व अनुसन्धान विभागमा अहिले राजस्व समूहका मात्रै जनशक्ति परिचालन भएका छन् । यस अघि विभागमा प्रशासन, कानुनका कर्मचारीहरुको बाहुल्यता रहेकोमा अहिले राजस्व समहूका कर्मचारीहरुलाई जिम्मेवारी दिएर लगिएसँगै विभागको कार्यसम्पादन समेत सुध्रिएको छ ।

बिज्ञापन

अहिले विभाग र मातहत गरी १५० कर्मचारीको दरबन्दी रहेको छ । जसमा विभागमा प्रशासनतर्फका २ उपसचिव रहेका छन् भने चार वटा विभाग मातहतका कार्यालय र विभागमा ५ जना उपसचिव राजश्व समूहकै रहेका छन् । यस्तै शाखा अधिकृततर्फ विभागमा प्रशासनतर्फका ४ जनामात्र रहेका छन् ।

बिज्ञापन

यसरी राजश्वकै क्याडरहरूलाई लगेर काम गर्न थालेसँगै पछिल्लो समय अन्तरनिकाय समन्वयन र निचोडमा पुग्न पनि सहज भएको विभागले जनाएको छ । यस अघिका महानिर्देशक चण्डी घिमिरे उमेर हद लागेर अनिवार्य अवकाशमा गएसँगै गत साउनदेखि तीर्थराज चिलुवाल विभागको महानिर्देशकको कुर्सीमा छन् । त्यसको केही समयपछि उनले जनशक्ति परिचालनमा आफ्नो ध्यान केन्द्रित गर्दै प्रशासन र अन्य सेवा समूहका कर्मचारीहरुको दरबन्दी कटौती गर्दै राजस्व समूहतर्फका मात्रै जनशक्ति हुने व्यवस्था मिलाएका छन् । यसले गर्दा राजस्व छली, नक्कली भ्याट बिल, भन्सार चोरी पैठारी र विदेशी विनिमय अपचलनजस्ता जटिल आर्थिक अपराधको प्रमाण पहिचानका अलवा तथ्य र प्रमाणमा आधारित अनुसन्धान सुरु गरेर विभागले पछिल्लो समय अनावश्यक छापा हान्ने काम पनि बन्द गरेको छ ।

विभागले राजश्व चुहावटतर्फ सूचना तथा उजुरी फछर्यौटतर्फ बार्षिक लक्ष्य ७५ राखेकोमा हालसम्म ३२ दशमलव ६८ प्रतिशत प्रगति गरेको छ । १३ वटा मुद्धा दायर गरेको विभागले जनाएको छ । यी मुद्धामा ५८ जनालाई प्रतिवादी बनाएको छ विभागले र हालसम्म ती मुद्धाबाट १ अर्ब ११ करोड,८४ लाख ८७ हजार ६५९ विगो मागदावी लिइएको विभागले जनाएको छ ।

बिज्ञापन

जसमध्येका एक हुन विनोद कुमार श्रेष्ठ । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीबाट  पक्राउ परेका गोरखा नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने घरधनी वर्ष ७७ को विनोद कुमार श्रेष्ठउपर सुन चाँदी तथा रकम धारण गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा १९ करोड ३२ लाख भन्दा बढी मागदावीसहित मुद्धा सरकारी वकिल कार्यालय ललितपुरमार्फत मागदावी लिएको छ । यस्तै उनै श्रेष्ठविरुद्ध १५ करोड ६ लाख ८८ हजार राजश्व चुहावटको मुद्धा गत मंसिरमा दायर भएको छ । अभिषेक शेखर विरुद्ध ५९ लाख २५ हजार ६३१ राजश्व चुहावटको मुद्धा अगाडि बढाएको विभागले हुम्लाको सिमकोट गाउँपालिका–३ का २७ वर्षीय पोन छतेन लामा तामाङ, मुगुको खत्याड गाउँपालिका–५ का ३२ वर्षीय जनकबहादुर रोकाय, सोही ठाउँका २७ वर्षीय भुमी रोकाय, हुम्लाको नाम्खा गाउँपालिका–१ का ३९ वर्षीय पासाङ भनिने प्रमोद लामा, ४८ वर्षीय पेमा छिरिङ लामा र ४२ वर्षीय कुन्साङ दोर्जी लामा लगायतले भन्सार छली गरी ३९ हजार ९ सय थान इलेक्ट्रिक चुरोट (भेप) नेपाल भित्र्याएको भेटिएकोले पाँच करोड छयानब्बे लाख साठी हजार नौ सय बाइस रुपैयाँ बिगो कायम गरी सो रकम जफत गरी शतप्रतिशत जरिवाना गर्ने माग दाबी गरिएको छ।

भन्सार छली तथा चोरी पैठारीका सामान ओसारपसारमा सहयोग गरेको प्रमाणित भएकाले सवारी धनी छिटुप तामाङ, नायब डिभिजन वन अधिकृत लोकजङ्ग शाही, फरेष्टर सन्तोष खत्री, वन रक्षक कृष्णबहादुर हमाल, सवारी चालक भुमी रोकाय र सहयोगी जनबहादुर रोकायलाई मतियारका रूपमा सजाय गर्न माग गरिएको छ। यस्तै,नारायण पौडेल कुसाङ लामाविरुद्ध सम्पत्ति शुद्धीकरणकै कसुरमा २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ बिगो मागदावी सहित मुद्धा दायर गरेको छ विभागले ।

यस्तै विदेशी मुद्धा अपचलनतर्फ विभागले माइलस्टोलन लक्ष्य ६० राखेकोमा १९ दशमलव ४९ प्रतिशत प्रगति गरेको छ । शुरु महिनामा पछिल्लो आर्थिक बर्षका समेत सूचना तथा उजुरीहरु जोडी कूल हिसाब गरिने भएका कारण यो प्रगति न्यून देखिएको विभागले जनाएको छ ।

विदेशी विनियम अपचलनतर्फ विभागले ३९ वटा मुद्धा दायर गरेको छ र ती मुद्धामा ६४ जनालाई प्रतिवादी बनाइ ३ करोड ७३ लाख ५१ हजार ७१८ बिगो माग गरेको छ ।

विभागका अधिकारीहरूका अनुसार राजस्व समूहका कर्मचारीहरूको पूर्ण उपस्थिति भएपछि मुद्दा पहिचानदेखि अनुसन्धान, प्रमाण संकलन, विश्लेषण र अभियोजनसम्मको प्रक्रिया छरितो हुनुको साथैं अनुसन्धानको गतिका साथै गुणस्तर पनि बढाएको जनाएको छ । राजस्व समूहका कर्मचारीहरू कर विवरण, लेखा परीक्षण, आय–व्यय विश्लेषण र कारोबारको ट्रेल पहिचानमा दक्ष भएकाले अनुसन्धान निष्कर्ष बलियो बन्न पुगेको कर्मचारीहरुको बुझाई छ ।

राजस्व प्रशासनबाट नै निजामती सेवामा प्रवेश गरेका चिलवाल वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक चलाइसकेका अनुभवी कर्मचारी हुन । केही जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर समेत काम गरिसकेका प्रशासक हुन । राजस्व अनुसन्धान विभागमै निर्देशकको भुमिका निभाइसकेका चिलुवाल अनुसन्धानका लागि अब्बल कर्मचारी मानिन्छन् । त्यही कारण विभागमा राजश्वकै क्याडर कर्मचारीहरु लगेर पछिल्लो समय  चिलवालले सो विभागको कमाण्ड सम्हालेसँगै गलत गर्नेहरूविरुद्ध निर्मम हुने र सही तरिकाले कारोबार गरिरहेकाहरूलाई दुःख नदिने तरिकाले काम भइरहेको छ ।

यस अघि विभाग व्यवसायीहरुलाई धम्क्याउने,तर्साउने र अवैध लाभ लिने जस्ता कार्यहरुका कारण विवाद र बदनामी खेप्दै आएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

बिशेष