इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल, महासचिवमा हुमागाईं

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी पुस २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दिपकराज भुसालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे ठोस एजेन्डा सार्वजनिक गर्दै नयाँ नेतृत्वको दाबी प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

उम्मेदवारी घोषणासँगै भुसालले आफ्नो टिमलाई सक्षम, सबल र इमान्दार समूहका रूपमा चित्रण गर्दै सदस्यहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने प्रतिबद्धता जनाए । ‘इक्यानलाई सेवामुखी, व्यावसायिक रूपमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय प्लेटफर्मका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने ।

बिज्ञापन

उनका अनुसार सदस्य सेवा, व्यावसायिक प्रतिष्ठा, नेतृत्व क्षमता र संस्थागत स्थिरता उनको समूहका प्रमुख आधार स्तम्भ हुन् । ७०० भन्दा बढी इक्यान सदस्यहरूको व्यवसायिक विश्वसनीयता बढाउँदै विश्वस्तरमा प्लेटफर्म निर्माण गर्नु नै आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने भुसालले बताए ।

भुसालकै टिमबाट महासचिव पदमा भवनाथ हुमागाईंले उम्मेदवारी दिएका छन् । हाल इक्यान सचिवका रूपमा कार्यरत हुमागाईंले लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको नवीकरण, नियमन र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

बिज्ञापन

हुमागाईंले संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय, एकीकृत कार्यप्रणाली स्थापना तथा शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन नेतृत्वदायी भूमिका खेलेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘इक्यानलाई अब रणनीतिक सोच, निर्णय गर्न सक्ने निर्णायक नेतृत्व र सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम अभिभावकत्व चाहिएको छ, त्यो क्षमता हाम्रो टिमसँग छ ।’

टिम घोषणासँगै भुसाल समूहले अनुभव, निरन्तरता, कार्यक्षमता र इमान्दारितालाई आफ्नो प्रमुख शक्ति भएको दाबी गरेको छ । सदस्यहरूका लागि विश्वसनीय व्यावसायिक वातावरण निर्माण गर्दै इक्यानलाई एकताबद्ध, सुदृढ र अन्तर्राष्ट्रिय रूपमा सम्मानित संस्थाका रूपमा रूपान्तरण गर्ने रोडम्यापसहित अघि बढेको भुसाल टिमले जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा इक्यान वृत्तमा भुसाल–हुमागाईं नेतृत्वको समूहलाई बलियो, दूरदर्शी र नैतिक टिम का रूपमा हेरिएको छ । सदस्य हित र व्यवसायिक मर्यादाको पक्षमा निरन्तर सक्रिय रहँदै आएको यो समूहले संघभित्र रूपान्तरण र विश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको उमेर हद ५५ बनाउन लागिएको हो ? सामान्य,कानुन,अर्थका अधिकारीको जबाफ ‘मिडिया ट्याल भइराछ’

२३ उपसचिवको सरुवा,१४ लाई पठाइयो नगरपालिका

प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

दुई सातामै ३ हजार ५ सय कर्मचारी कारवाहीमा

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

नायब सुब्बाको बढुवा दरखास्तको म्याद थप

२४ घण्टाभित्रै सवारी साधनको विवरण उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ओएनएमको राष्ट्रिय मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत,यस्ता छन् अरु सात निर्णय

बिशेष