इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल, महासचिवमा हुमागाईं

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी पुस २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दिपकराज भुसालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे ठोस एजेन्डा सार्वजनिक गर्दै नयाँ नेतृत्वको दाबी प्रस्तुत गरेका हुन् ।

बिज्ञापन

उम्मेदवारी घोषणासँगै भुसालले आफ्नो टिमलाई सक्षम, सबल र इमान्दार समूहका रूपमा चित्रण गर्दै सदस्यहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने प्रतिबद्धता जनाए । ‘इक्यानलाई सेवामुखी, व्यावसायिक रूपमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय प्लेटफर्मका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने ।

बिज्ञापन

उनका अनुसार सदस्य सेवा, व्यावसायिक प्रतिष्ठा, नेतृत्व क्षमता र संस्थागत स्थिरता उनको समूहका प्रमुख आधार स्तम्भ हुन् । ७०० भन्दा बढी इक्यान सदस्यहरूको व्यवसायिक विश्वसनीयता बढाउँदै विश्वस्तरमा प्लेटफर्म निर्माण गर्नु नै आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने भुसालले बताए ।

भुसालकै टिमबाट महासचिव पदमा भवनाथ हुमागाईंले उम्मेदवारी दिएका छन् । हाल इक्यान सचिवका रूपमा कार्यरत हुमागाईंले लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको नवीकरण, नियमन र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

बिज्ञापन

हुमागाईंले संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय, एकीकृत कार्यप्रणाली स्थापना तथा शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन नेतृत्वदायी भूमिका खेलेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘इक्यानलाई अब रणनीतिक सोच, निर्णय गर्न सक्ने निर्णायक नेतृत्व र सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम अभिभावकत्व चाहिएको छ, त्यो क्षमता हाम्रो टिमसँग छ ।’

टिम घोषणासँगै भुसाल समूहले अनुभव, निरन्तरता, कार्यक्षमता र इमान्दारितालाई आफ्नो प्रमुख शक्ति भएको दाबी गरेको छ । सदस्यहरूका लागि विश्वसनीय व्यावसायिक वातावरण निर्माण गर्दै इक्यानलाई एकताबद्ध, सुदृढ र अन्तर्राष्ट्रिय रूपमा सम्मानित संस्थाका रूपमा रूपान्तरण गर्ने रोडम्यापसहित अघि बढेको भुसाल टिमले जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा इक्यान वृत्तमा भुसाल–हुमागाईं नेतृत्वको समूहलाई बलियो, दूरदर्शी र नैतिक टिम का रूपमा हेरिएको छ । सदस्य हित र व्यवसायिक मर्यादाको पक्षमा निरन्तर सक्रिय रहँदै आएको यो समूहले संघभित्र रूपान्तरण र विश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तातोपानी नाका अनिश्चितकालका लागि ठप्प

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल, महासचिवमा हुमागाईं

सार्वजनिक सम्पत्ति हिनामिना प्रकरण : विद्युत् प्राधिकरणका केन्द्र प्रमुख कठघरामा

कांग्रेसको वर्तमान संकटमा सबै पक्ष संयमित रहन जनसम्पर्क समितिका सभापतिहरूको अपिल

चिरन आचार्यद्वारा समाचार खण्डन, ‘घुस काण्डसँग कुनै सम्बन्ध छैन’

हाइकुहरू

लोमान्थाङबाट २ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना नियन्त्रणमा

बिशेष