जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

२३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनामध्ये १८ दशमलव ५ प्रतिशतको मर्मत कार्य सम्पन्न भएको जनाइएको छ ।

बिज्ञापन

आन्दोलनका क्रममा कुल २ हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका छन् । यसमध्ये ७९ दशमलव ८ प्रतिशत सार्वजनिक भवन रहेका थिए । तीमध्ये कुल १८ दशमलव ५ प्रतिशत अर्थात ४९६ भवनको मर्मत सम्पन्न भएको जनाइएको छ । यस्तै क्षतीग्रस्त भवनमध्ये ३३ दशमलव ९ प्रतिशत अर्थात ९ सय ६ वटा भवनको मर्मत शुरु गरिएको र १२९६ वटा भवनको मर्मत कार्य हालसम्म शुरु नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्षतिग्रस्त भएका भवनमध्ये ४८ प्रतिशत भवनको मर्मत सम्भार अझैं शुरु नभएको जनाइएको छ ।

बिज्ञापन

हालसम्म ८९६ वटा भवनबाट सेवा पूर्ण रुपमा सुचारु भइरहेको,९९८ वटा भवनबाट आशिंक रुपमा सुचारु रहेको र ७७७ वटा भवनबाट अझैं सेवा सुचारु नभएको जनाइएको छ । तथ्यांक अनुसार,३५ प्रतिशत भवन अझैं पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकिएको उल्लेख गरिएको छ ।

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा सरकारी संरचनाहरु ध्वस्त बनाइँदा ती भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँको क्षति पुगेको जनाइएको छ । आन्दोलनमा कुल १२ हजार ६ सय ५९ सवारीसाधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र बाँकी रकम ९ अर्ब २ करोड ६७ लाख अन्य अस्थायी सम्पत्ति तथा निजी सम्पत्तिमा क्षति भएको देखिन्छ ।

जेनजी आन्दोलनका क्रममा साढे ८४ अर्बको भौतिक सम्पत्तिको क्षति भएकामा भवन र सवारीसाधनको मात्र साढे ५२ अर्ब रहेको, क्षतिमध्ये सरकारी संरचनाको पुनर्निर्माणमा मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

कुल क्षति रकममध्ये सरकारी सार्वजनिक क्षेत्रको हिस्सा ५३, निजी क्षेत्रको ४० र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत छ । आन्दोलनमा बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको प्रतिवेदनले औंल्याएको छ ।

कूल क्षतिमध्ये संघीय सरकारको ६६, प्रदेश सरकारको १०, स्थानीय तहको २१.८ र सार्वजनिक संस्थानको २.२ प्रतिशत क्षति भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष