उपसचिव पदमा इन्जिनियरिङ सेवाका आठ जना सिफारिस

काठमाडौं । बढुवा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको बढुवा सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवाका विभिन्न उपसमूहमा रिक्त रहेका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदका लागि आठ जना कर्मचारीलाई बढुवाको सिफारिस गरेको छ।

बिज्ञापन

बढुवा समितिको मिति २०८२/०९/२४ को निर्णयअनुसार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा योग्यताक्रम कायम गर्दै सिफारिस गरिएको मन्त्रालयले जनाएको छ। निजामती सेवा ऐन, २०४९ को दफा २४(च) अनुसार आवश्यक प्रयोजनका लागि सूचना प्रकाशित गरिएको हो।

बिज्ञापन

सूचनाअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत जनरल उपसमूहमा रामशरण आचार्य, सुमन गिरी, प्रवेश रेग्मी र सम्पत न्यौपाने सिफारिस भएका छन्।

त्यसैगरी हाइवे उपसमूहतर्फ नरेश प्रसाद केशरी र किरण सुवेदी बढुवाका लागि अघि सारिएका छन्।

बिज्ञापन

स्यानिटरी उपसमूहमा अंकितमान श्रेष्ठ र ज्योती तामाङ सिफारिस सूचीमा परेका छन्।

मन्त्रालयका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि सिफारिस कार्यान्वयनमा जानेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष