तीन दिनभित्र रमाना दिए लिएका कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरूले रमाना लिएको तथा दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग,सचिवालय, प्रदेश वा अन्तर्गतका कार्यालयहरू र स्थानीय तहहरूमा सरुवा तथा पदस्थापना, कामकाज र काजमा खटाइएका र काज फिर्ता गरिएका संघीय निजामती कर्मचारीहरूको रमाना दिए वा लिएको विवरण तीन दिनभित्र उपलव्ध गराउन मन्त्रालयको निर्णयअनुसार अनुरोध गरिएको जनाइएको छ ।

बिज्ञापन

सरुवा भएका कर्मचारीहरुलाई तीन भित्र रमाना दिई सोको जानकारी मन्त्रालयमा पठाउन परिपत्र गरेको छ ।

मन्त्रालयले नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय,मन्त्रालय,सचिवालय,आयोग तथा कर्यालयहरुबाट विभिन्न मितिमा निजामती सेवा ऐन,कर्मचारी समायोजन ऐन,स्थानीय सरकार ऐन अनुसार विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका कर्मचारीहरु खटाएको ठाउँमा नगएको पाइएकोले निजामती सेवा नियमावली २०५० को नियम ४० बमोजिम रमाना हुनुपर्ने व्यवस्था रहेकोले हालसम्म पनि रमाना नलिएको र नदिएको कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको हुँदा तत् तत् कर्मचारीहरुलाई खटाइएको ठाउँमा तीन दिनभित्र रमाना लिइ सो को जानकारी गराउन मन्त्रालयले आयोग,सचिवालय,कार्यालय,प्रदेश र सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि रमाना भई नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नेसमेत निर्णय गरे पनि यस्ता निर्णयहरु पानीका फोका बन्दा कर्मचारीहरु जब्बर बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष