पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

कास्कीमा सार्वजनिक विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रकरणमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष, प्रमुख मालपोत अधिकृत तथा अन्य संलग्न व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो।

बिज्ञापन

अख्तियारका अनुसार पोखरा महानगरपालिका–२६ मा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको सार्वजनिक परिसरभित्र पर्ने कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा गैर–सुकुम्बासी व्यक्तिलाई सुकुम्बासी ठहर गरी दर्ता गराइएको पाइएको छ। पदको दुरुपयोग गर्दै गैरकानुनी लाभ दिलाउने उद्देश्यले निर्णय भएको आयोगको निष्कर्ष छ।

बिज्ञापन

मुद्दामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, सदस्य तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमबहादुर नेपाली र लाभग्राही भिमबहादुर बी.के.लाई प्रतिवादी बनाइएको छ।

अनुसन्धानका क्रममा लाभग्राही भिमबहादुर सुकुम्बासीको कानुनी परिभाषाभित्र नपर्ने व्यक्ति भएको, उनका परिवारका नाममा पहिल्यै जग्गा दर्ता रहेको तथ्य हुँदाहुँदै झुट्टा विवरणका आधारमा सुकुम्बासी प्रमाणित गरिएको अख्तियारको दाबी छ। यसअघि अधुरो रहेको निर्णय कार्यान्वयनको बहाना बनाइ गैरकानुनी कागजातका आधारमा दर्ता श्रेस्ता र जग्गाधनी प्रमाणपूर्जा जारी गरिएको पनि पाइएको आयोगले जनाएको छ।

बिज्ञापन

यस प्रकरणमा अख्तियारले १ करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) अनुसार कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको सजाय माग दाबी गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष