गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी गोविन्द प्रसाद रिजाललाई दिइएको छ । यस अघि सो महाशाखा सम्हाल्दै आएका मदन कोइराला गृहमा भित्रिएर कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी बनेर गएसँगै अस्तिको लटमा ६० सहसचिवको सरुवा हुँदा गृहबाट भूमिमा पुगेका सहसचिव रिजाललाई कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

रिजाल यस अघि अध्यागमन विभागको महानिर्देशक,गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह गरिसकेका छन् ।
गृह प्रशासनका अनुभवी रिजालले यस अघि जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट, मकवानपुर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन्।

बिज्ञापन

निजामती प्रशासनभित्र सहसचिव रिजाल सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

बिशेष