कविता : कालो इतिहासको अवसान

उसले नाप्नै सकेन
आफ्नै जिन्दगी
कुहिरोेको काग बनी उडिरह्यो
पहिल्याउन सकेन गन्तव्य पनि ।
निलो गगनले जिस्काउँदै
उसको समय खोसेको छ
उ प्रफुल्लित छैन
आफ्नै जिन्दगी
डिक राख्न बाध्य भै
ज्युँदो मुर्दा बाँचेको छ उ ।
उसको छेवैमा
उसको सालिक छ
सालिक हेर्दै
नाक खुम्च्याएर
पिच्च भुइँमा थुक्छ
साला, मेरो सालिक !
म तोड्ने छु
अनुहार पोतिएको सालिक ।
उ नग्न देखिएको छ
वस्त्र पहिरिए पनि
उसको अनुहार हेरेर
भिखारी तर्सन्छ
बालक हच्कन्छ
उसको कुरुप अनुहार
मोटो ओठ
फर्सी जस्तो टाउको
ढुङ्ग्री जस्तो नाक
पुक्क उठेका गाला
दाह्रा निस्किएको दाँत
चिण्डो जस्तो चिउडो
जङ्गङग्र केश
अमिल्दा दाह्री जुँगा
भीमकाय शरीर
राक्षसी हाँसो हाँस्दै
धोद्रे स्वरमा
उ आफ्नो अप्रिय कथा आफै भन्छ ।
उसलाई जीवन प्रिय लाग्दैन रे
उ मृत्यु डाकेर
उत्सव मनाउँछ
उ पश्चातापमा डुबेको छ
विगतका कुकृत्य संझेर
उ पाप मोचनका लागि
मन्दिर धाउँछ
मूर्ति पुज्छ
बोल्दैन मूर्ति
पखालिदैन पाप
मूर्तिलाई श्राप दिएर
उ मन्दिर धाउन छोड्छ ।
अन्ततोगत्वा
उसको मृत्यु भएको छ
दुई मुठ्ठी हात आकाश तिर फैलाएर
उसलाई निर्वस्त्र पारिएको छ
मनाइएको छैन शोक
दिइएको छैन श्रद्धाञ्जली
मान्छेहरु हाँसि रहेछन
कालो इतिहासको अवसान पछि ।
  सुन्दरहरैंचा –६, दुलारी, मोरङ   
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

सेवाग्राहीको मूल्याङ्कनबाट सेवा सुधारको नयाँ अभ्यास, रसुवा प्रशासनको ‘सन्तुष्टि पुस्तिका’ देशमै पहिलो प्रयास

बिशेष