उद्योग विभागका महानिर्देशक परिवर्तन

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागका महानिर्देशक परिवर्तन भएका छन्। मन्त्रालयको नेतृत्व सम्हालेसँगै मन्त्री अनिल सिन्हाले उद्योग विभागका महानिर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्।

बिज्ञापन

सरुवाअनुसार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानेर द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। ज्ञवालीको स्थानमा मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतलाई उद्योग विभागको महानिर्देशकका रूपमा पठाइएको छ।

बिज्ञापन

यस्तै, मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा कार्यरत सहसचिव हुमकला पाण्डेलाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा सरुवा गरिएको छ।

त्यसैगरी, रामबन्धु सुवेदीलाई औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, नेत्रप्रसाद सुवेदीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र नारायणप्रसाद अर्याललाई प्रशासन तथा संस्थान महाशाखाको जिम्मेवारी तोकिएको छ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार नयाँ नेतृत्व र जिम्मेवारी वितरणसँगै उद्योग तथा व्यापारसम्बन्धी नीति कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष