बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका तीन उपसचिवहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह,इरिगेशन उपसमूहबाट हरिदत्त पौडेल र कृष्णप्रसाद रिजाल शत प्रतिशत अंकसहित सहसचिव बढुवा सिफारिस भएका छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी समूहबाट गणेशनाथ त्रिपाठी बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन
बढुवा सिफारिस समितिले यस अघि कार्यक्षमता मुल्याकनका आधारमा प्रशासनतर्फका उपसचिवहरु जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल र लेखापरीक्षण समूहबाट चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई पनि कार्यक्षमताकै आधारमा सहसचिवमा बढुवा सिफारिस गरिएको छ।
यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत विजयकुमार महत्व र धर्मेन्द्र कुमार झा,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा सुमन सालीके बढुवा सिफारिस भइसकेका छन् ।

























