ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे कार्यालय सहयोगी

घुससहित समातिएका यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका कार्यालय सहयोगी ईन्द्रजित गुरुङउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

आयोगको टंगालबाट खटिएको टोलीले गत जेठ ३० गते गुरुङलाई कार्यकक्षबाटै एक लाख ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अख्तियारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई यातायात व्यवस्था कार्यालय,भरतपुर , चितवनका कार्यालय सहायक (पाँचौं) पदमा कार्यरत गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको थियो गत जेठ ३० गते ।
उनले घुस खाएर पञ्जीकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरणलगायत सेवामा सहजीकरण गरिदिने गरेको अख्तियारको ठहर छ । लाइसेन्स परीक्षामा अनुत्र्तिण भएका परीक्षार्थीहरुलाई समेत १५ देखि २५ हजार लिएर लाइसेन्स दिने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेकोमा आज मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको थियो सो समयमा ।

महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

विष्णु भट्टराई यस अघि चावहिल यातायातमा थिए । उनी यातायातै घुमिरहने कर्मचारी हुन । मुकुन्द निरौला वाग्मती प्रदेशको प्रमुख हुँदा सातौं तहको भट्टराईलाई चावहिल यातायातको प्रमुख बनाएका थिए । विष्णु र मुकुन्द इनरुवाका छिमेकी र क्याम्पस र लोकसेवा अध्ययन गर्दाका साथी समेत हुन । त्यही कारण उनलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

उनी चावहिल यातायातमा हुँदा कार्यालय सहयोगीहरुलाई अगाडि सारेर दैनिक लाखौं रकम उठाउने गरेको आरोप लाग्ने गरेको थियो । जसमध्ये श्याम परियार,गोकुल र कृष्ण श्रेष्ठमार्फत नजराना बुझ्ने गरेको बिषय यस अगाडि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरेको थियो । यी तिनै जना कार्यालय सहयोगीहरु अहिले राधे राधे यातायातमा पुगेका छन् भने विष्णु भने चावहिलबाट आठौं तहमा बढुवा भएर बर्ष दिन अगाडि चितवन पुगेका थिए । त्यहाँ समेत चावहिलको झैं कार्यालय सहयोगी र ट्रायल सेन्टरमा विचौलिया अगाडि सारेर दैनिक लाखौं उठाउने गरेको बिषय अख्तियारमा पुगेपछि अख्तियारले छापा हानेर महत्वपूर्ण कागजात,ल्यापटपहरु नियन्त्रणमा लिएको थियो । अख्तियारले उनीहरुलाई प्रतिवादी बनाएको छैन ।

अख्तियारका अनुसार कार्यालय सहयोगी गुरुङले भ्रष्टाचारको कसुर छल्न सेवाग्राहीलाई आफू कर्मचारी नभएको बताउने वा बाहिरी व्यक्तिलाई करार नियुक्ति दिने आश्वासनमा आफूअनुकूल गैरकानूनी कार्य गराउने गरेको पनि पाइएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवाना सजाय हुन अख्तियारको मागदाबी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष