सरकारले तीन विभागका महानिर्देशक हटाएको छ । हिजो ६० जना सहसचिवहरुको सरुवा हुँदा एकसाथ तीन विभागको महानिर्देशक हटाइएका हुन । यसरी हटाइएका महानिर्देशकमा बैदेशिक रोजगार विभागका महानिर्देशक,कारागार व्यवस्थापन विभाग र सहकारी विभागका रजिष्ट्रार रहेका छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार,वैरोका महानिर्देशक कमलप्रसाद भट्टराई मधेश प्रदेश सरूवा भएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्मा कर्णाली प्रदेश र सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगाना गृह मन्त्रालयमा इन्ट्री भएका हुन ।यसरी ६० जना सहसचिव सरुवा हुँदा तीन महानिर्देशकहरु सरुवामा परेका छन् । ती स्थानमा लैजाने तयारी स्वरुप श्रममा २,गृहमा ७ र भूमिमा २ सहसचिवहरु इन्ट्री भएका छन् । यीमध्येबाटै रिक्त विभागमा महानिर्देशक हुनेछन् ।
हिजोको सरुवा सूची अनुसार, गृह बाहिरबाट रेखा कँडेल, निश्चलराज पाण्डे, मदन कोइराला, राजन पौडेल, लक्ष्मीप्रसाद पौडेल, उमेश ढुंगाना र शान्तिराज प्रसाईं गृह मन्त्रालयमा भित्रिएका छन् । गृहले कारागार व्यवस्था विभागमा यी मध्येबाट कसैलाई वा गृहबाट अरुलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाउन सक्ने छ ।
यस्तै बैदेशिक रोजगार विभागको महानिर्देशक बनाउने गरी सामान्य प्रशासनबाट मीरा आचार्यलाई लगिएको चर्चा हुँदैछ । श्रममा प्रदेशबाट बाबुराम भण्डारी पनि भित्रिएका छन् । कमल भट्टराई सरुवा भएपछि रिक्त भएको ठाउँमा यी दुईमध्य एकलाई पुग्न सक्नेछन् ।
भूमि मन्त्रालयमा सुशील ढकाल र गृहबाट भूमिमा पुगेका गोविन्द रिजालमध्येबाट कसैले रजिष्ट्रारको जिम्मेवारी पाउनसक्नेछन् ।

























