म डिभोर्सी हूँ!

म डिभोर्सी हुँ,

बिज्ञापन

तर कथा यहीँ सकिएको छैन,

बिज्ञापन

यो त आफैँलाई फेरि रोजेको,

सबैभन्दा इमानदार निर्णय हो !

बिज्ञापन

 

अतीतले चोट दियो,

तर भविष्य अझै खुला छ,

टुटेका सपनाका टुक्राबाट नयाँ सपना जोड्ने आँट छ!

 

मैले हार रोजिनँ,

मैले आत्मसम्मान रोजें,

आँसु बगाएर होइन,

आफूलाई माया गरेर अघि बढ़ें!

 

सम्बन्ध छुट्यो,

आफू छुटिनँ,

हिजो अरूको छायाँमा थिएँ,

आज आफ्नै उज्यालोमा छु !

 

म डिभोर्सी हुँ,

तर म अपूरो छैन,

मैले आफूलाई रोजेकी हुँ,

त्यसैले म कमजोर होइन !

 

नयाँ परिचय चाहिँदैन,

पुरानो पीडा बोकेर हिँड्नु पनि छैन,

म आज केवल यत्ति भन्छु,

म डिभोर्सी हुँ,

र म गर्वका साथ बाँचेकी छु !!

रमा पौडेल, लमही दाङ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

बिशेष