डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिमले उम्मेदवारी दिने तयारी गरेको छ। हालका वरिष्ठ उपाध्यक्ष रहेका डा. रिजालको नेतृत्वमा रहेको टिममा डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्ष र डा. विश्वराज दवाडी महासचिव पदका उम्मेदवार हुनेछन्।

बिज्ञापन

 

बिज्ञापन

डा. दवाडीले प्रारम्भमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए, तर पछि टिमसँगको सहमतिमा महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। टिमका अन्य पदका उम्मेदवारहरू पनि लगभग तय भइसकेको भएपनि मंगलबार फेरि छलफल गरेर अन्तिम सूची सार्वजनिक गरिने तयारी भइरहेको टिमका एक सदस्यले जानकारी दिएका छन्।

 

बिज्ञापन

यस टिमले संघभित्र एकता, पेशागत मर्यादा र सेवामूलक भूमिकालाई मजबुत बनाउने उद्देश्य राखेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै चिकित्सकहरूको हकहित, संस्थागत सुधार र पेशागत सुरक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्ने तयारी टिमले गरेको जनाइएको छ।

 

यसअघि संघको अध्यक्ष पदका लागि डा. मंगल रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। महासचिव पदमा डा. पदम नेपाली (टिम मंगल) र स्वतन्त्र तर्फ डा. अमृत भुसालले उम्मेदवारी दिएका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष