संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार सहसचिव मनोजकुमार गिरीलाई प्रदान गरिएको छ ।
बिज्ञापन
शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्राविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशि क्रमशः एक लाख, रु ७५ हजार र रु ५० हजार रहेको छ ।
बिज्ञापन
त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सङ्घीय संसद् सेवामा हाल ३५० को हाराहारी जनशक्ति रहेको बताइएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुप रहको सङ्घीय संसद् मातहत विभिन्न विषयगत समिति रहेका छन् ।
बिज्ञापन
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइएका हो । ०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानूनबमोजिम हुने व्यवस्था छ ।
संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आएको छ ।


























