वीरगंज — पर्सास्थित सशस्त्र प्रहरी गणभित्र लामो समयदेखि चल्दै आएको घुमुवा–तस्करी नेटवर्कमाथि हेडक्वार्टरले पहिलो चोटि ठोस कदम चाल्दै एसपी पुरनचन्द्र भट्टका निकट सहयोगी घुमुवा जवान रामराज यादवलाई तत्काल काठमाडौं तानिएको छ।
बिज्ञापन
उच्च स्रोतका अनुसार, पाँच वर्षभन्दा बढी पर्सामै बस्ने व्यवस्था मिलाएर यादवले स्थानीय तस्करहरूसँग मिलेमतोमा अवैध असुलीदेखि माल तस्करीसम्मको ‘ठोस सञ्जाल’ चलाएको उजुरी हेडक्वार्टरमा बाक्लिएपछि यो कदम चालिएको हो।
बिज्ञापन
घुमुवा यादव तानिए पनि एसपी भट्टका छायाँ कमान्डरका रूपमा चिनिने सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल भने अझै पर्सामै घुमुवा गतिविधि सम्हालिरहेको स्रोतले पुष्टि गरेको छ।
डोल्पा सरुवा भएर पनि ‘काजमा’ भन्दै पर्सामै रोकिराखिएको मल्लमाथि सीधै तस्करी लाइन चलाउने र व्यापारीमाथि रकम असुल्ने आरोप छ।
बिज्ञापन
सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली नै अन्त्य गर्ने नीति लिए पनि पर्सा गणमा दर्जनौँ घुमुवा परिचालन, तस्करहरूसँग नियमित उठबस, स्थानीय व्यवसायीको ‘सेटिङ’ मिलाउने काम जस्ता क्रियाकलाप खुलेआम हुँदै आएको अनुसन्धानमा देखिएको बताइन्छ।
हेडक्वार्टरका स्रोतका अनुसार, एसपी भट्टलाई पनि कडा रुपमा सोधपुछ गरिएको छ।
भट्टमाथि लगाइएका मुख्य आरोपःभन्सार छली र तस्करी नियन्त्रणमा शून्य उपलब्धि, घुमुवालाई अवैध असुलीमा परिचालन, देखावटी कारबाही र बाहिरी प्रचारबाजी, स्थानीय तस्करी समूहसँग समन्वय,यी विषयमा लिखित र मौखिक दुवै स्पष्टीकरण मागिएको छ।
स्थानीय व्यापारीहरूका अनुसार, रामराज यादव ‘सेटिङ म्यानेजर’को भूमिकामा पर्सामा कुख्यात छन्।
त्यसअघि मधेस प्रदेशका तत्कालीन बाहिनीपति डिआइजी कालिदास धौवजीकहाँ पनि यादवविरुद्ध भारी उजुरी पुगेको, धनुषा फालिएको, तर डिआइजी बदलिँदैगर्दा पुनः पर्सा फर्केर नेटवर्क सक्रिय पारेको कागजसहित हेडक्वार्टरमा रिपोर्ट पुगेको बताइन्छ।
जानकारहरू भन्छन्, महोत्तरीबाट पर्सा गणमा भट्टको ‘इन्चार्ज–टु–इन्चार्ज’ सरुवा तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा भएको बताइन्छ।
मात्र पाँच महिना महोत्तरीमा बसेका भट्ट पर्सामा आएपछि स्थानीय तस्करी चेनसँग द्रुत रूपमा ‘एडजस्ट’ भएको आरोपमा हेडक्वार्टरले निगरानी बढाएको छ।
स्रोतहरूका अनुसार, यो सिरिजको कारबाही घुमुवा मात्रै होइन, घुमुवामा संलग्न अधिकारीसम्म पुग्ने संकेत हेडक्वार्टरले आइतबारै दिएको छ।
पर्सा गणलाई ‘हाई रिस्क एरिया’ मान्दै सम्पूर्ण असुली–तस्करी गतिविधिको छुट्टै अडिट (विशेष अनुसन्धान) सुरु गरिएको बताइन्छ।


























