‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटन पटन गर्दा मनलाग्दी गर्न थालेसँगै जनप्रतिधिले व्यग्य मिश्रित पत्र पठाएका छन्,सिंहदरबारलाई । सो मन्त्रालयबाट प्रत्येक महिना महिना वा सम्भव भएसम्म हरेक दिन नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पनि फरक नपर्ने भन्दै पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखालाई सम्बोधन गर्दै पत्र पठाएका हुन ।

बिज्ञापन

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा अहिले पार्वती शर्माले हेर्दै आएकी छिन् भने स्थानीय तह हेर्दै आएका छन् । पछिल्लो समय नगरपालिकामा उपसचिवको दरबन्दी भए पनि संघीय सरकारले शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । गत १७ गतेमात्र मन्त्रालयले १८ जना शाखा अधिकृतहरुको सरुवा गर्दा ४ जना शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको थियो,त्यसैमध्येको एक पालिका हो पाख्रिवास ।

बिज्ञापन

सामान्यले भूमि मन्त्रालयकै शाखा अधिकृत सुनिल पौडेल पाख्रिवास नगरपालिकाको प्रमुख अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो । सो पालिकामा कार्यरत उपसचिव विज्ञान कोइरालालाई सूर्योदय नगरपालिकामा खटाएर त्यहाँ शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो मन्त्रालयले । पालिकामा यस अघि उपसचिवले नै प्रमुख प्रशासकीय अधिकृत चलाउँदै आएका थिए ।

मन्त्रालयको निर्णयका कारण पहिलो पटक शाखा अधिकृत प्रमुख प्रशासकीय भएर आउँदैछन् । यस अघि केही बर्ष अगाडि गोर्खे बहादुर तमाङले सो पालिका केही समय निमित्त चलाएका बाहेक त्यहाँ अधिकांश उपसचिव नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । सो पालिकामा अधिकृत आठौं तहका अनिस काफ्ले,प्रशासनकै ओमबहादुर आले मगर,नरेन्द्रकुमार लिम्बु कार्यरत रहेका छन् भने सातां तहका मनोज भट्टराई,पर्शुराम श्रेष्ठ लगायतका कर्मचारीहरु कार्यरत छन् ।

बिज्ञापन

यसरी संघीय मामिला मन्त्रालयले स्थानीय तहसँग परामर्शसमेत नगरी मनमौजी रुपमा कर्मचारीहरु हेरफेर गरेसँगै मेयरले सामान्यलाई लेखेको  व्याग्यात्मक पत्रमा भनिएको छ,हरेक महिना नयाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पनि यहाँ भैसी व्याउन,धान फल्न,बालीनाली लगाउन,फलफूल लगाउन,सिचाई गर्न कुनै समस्या छैन । तसर्थ मन्त्रालयले महिनै पिच्छे वा दिनदिनै नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पनि केही फरक पर्दैन ।

गुरुङका अनुसार, गौतमका अनुसार हाकिमको चाँडोचाँडो सरुवाप्रति मेयरको असन्तुष्टि त्यस पत्रको मुख्य उद्देश्य हो। ०७९ मा उनी मेयरमा निर्वाचित भए यतामात्र  पाख्रीबासमा ३ वर्षमै ६ प्रमुख प्रशासकीय अधिकृत हटाइए वा बदलिए। यी मध्ये प्रकाशराज पौडेल, खगेन्द्र सुवेदी, पुरुषोत्तम ढकाल, विज्ञान कोइरालाले पालैपालो कार्यभार सम्हाले। जहिले स्थायी प्रमुख अभाव हुन्थ्यो, कृषि सेवाका गोर्खबहादुर तामाङले करिब नौ महिना निमित्त प्रमुखको भूमिका निभाए। हाल मन्त्रालयले भूमि तथा सहकारी  शाखा अधिकृत सुनिल पौडेललाई पाख्रीबास प्रमुखको जिम्मेवारी तोकिए पनि उनी अझै हाजिर हुन बाँकी छन्।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘दिनैदिनै हाकिम पठाइदिनुहोस्’:- पाख्रीबास मेयरको व्यंग्यात्मक चिठी

सरल भईकन सरस राजेन्द्र गोपालका कविताहरू

४५ जेनजी शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर,३१ वेवारिसे ठहर

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना,अख्तियारले बनायो ४ जनालाई प्रतिवादी

करारका कर्मचारीलाई मंहगी भत्ता उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

नियत कि नियति : जहाँ बस्यो त्यही विवादमा मुछिन्छन्,सहसचिव हमाल

सुनचाँदी कारोबारमा ‘व्यक्तिगत खाता निषेध’: राजस्व विभागको कडाइ

उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

बिशेष