कुनै कुनै कर्मचारीको नियतै खराब हो वा नियती नै त्यस्तो ! नेपाल सरकारका एक सहसचिव जहाँ र जुन निकायमा बस्दछन् वा कमाण्ड गर्दछन्,त्यही अनेकन लफडा र विवादै विवादमा मुछिन्छन् ।
बिज्ञापन
यस्ता कर्मचारीका रुपमा अहिले गोगनबहादुर हमालको नाम अग्रपक्तिंमा छ । उनले जुन कार्यालयको नेतृत्व गर्दछन् त्यही लफडामा परिरहन्छन् । एयरपोर्टको नेतृत्व गर्दा प्रहरी र अध्यागमनका कर्मचारी कुटाकुट,कैलाली प्रशासनको नेतृत्व गरिरहँदा कारागारका ४७ कैदी कुटपिट,अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी उनै हमाल हुँदा एक युवतीले नागरिकता नपाउँदा आत्महत्या गरेको बिषयमा छानबिन समिति बनेको छ ।
बिज्ञापन
जहाँ र जुन जिल्लाको नेतृत्व गर्दछन्,त्यही विवादमा परे पनि गृहले उनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइरहेको छ,एक पछाडि अर्काे जिल्ला । कैलालीको प्रमुख जिल्ला अधिकारी हुँदा लफडामा परेर गृहमा तानिएका उनै हमाल कार्तिक १६ गतेदेखि बर्दियाको प्रमुख जिल्ला अधिकारी छन् ।
त्यहीको एक युवतीले नागरिकता नपाएसँगै उनले आत्महत्या गरेको बिषयले अहिले राष्ट्रिय राजनीति गर्माएकोमात्र छैन । किशोर उमेरमै गर्भ बसेर पछि छोडपत्र भएर अंश मुद्दा जिते पनि नागरिकता नहुँदा र सात वर्षकी छोरीको जन्मदर्ता गर्न स्थानीय प्रशासन र जिल्ला प्रशासनले अनेक बहानामा दुख दिएको भन्दै एक युवतीले आत्महत्या गरेकी थिइन्। सोही बिषयको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन भएको छ ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गरेको छ,सत्यतथ्य उत्खनन् सोही समितिले गर्ला नै ।
बिज्ञापन
हमाल त्यस अघि कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनी सो जिल्लाको कमाण्डर रहँदा मध्यराति कारागारका दुई ब्लकमा रहेका ४७ जना कैदी घाइते भएसँगै उनी गृहमा तानिएका थिए । सिडियोकै कमजोर कार्यसम्पादनका कारण त्यहाँ यस्तो घटना घटेको भन्दै उनलाई फिर्ता बोलाइएको थियो । गृह प्रशासनले उनैलाई पुरस्कृत गर्दै फेरि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको थियो।
उनै हमाल त्रिवि अध्यागमनको नेतृत्व गर्दा प्रहरी र कर्मचारीहरुको कुटाकुटको घटना बाहिरिएको थियो । तत्कालीन् अध्यागमन अधिकृत छायाँलाल मोक्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरबाट एराइभलतिर जाँदै गर्दा प्रहरी जवानले शरीर खानतलासी गर्दै मेटल डिटेक्टरले जाँच्न गर्न खोज्दा अध्यागमन अधिकृत मोक्तानले अपशब्द बोल्दै दुर्व्यवहार मात्रै गरेनन् कि अध्यागमन अधिकृत र प्रहरी जवानबीच भनाभन र धकेलाधकेल भएको थियो । सो बिषयमा छानबिन गर्न पछि सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा समितिले कुटपिटमा संलग्न दुई प्रहरी जवान द्वय रवि रञ्जन गुप्ता र राजकुमार महत्वलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।
उसो त हमाल यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा नक्कली लाइसेन्स र इम्बोस्ड भुक्तानी घोटालामा अख्तियारको छानबिन दायरामा रहेका कर्मचारी समेत हुन । मेकानिकल इन्जिनियर हुँदै प्रशासनको सहसचिवमा नाम निकालेका गोगन इम्बोस्ड नम्बर प्लेटको मूल्याङ्कनदेखि भुक्तानीसम्म जोडिने कर्मचारीहरु बताउँछन् ।


























