महानिर्देशकबाट झरेर उपमहानिर्देशक बन्न गर्दै थिए चलखेल,पुगे हिरासत

   चार बर्ष कार्यकाल सकाएर आगामी माघमा अवकाशमा जाँदै थिए प्रदिप अधिकारी । साढे तीन बर्ष अघि अर्थात ०७८ माघमा ऐन,कानुनलाई धज्जी लगाउँदै नागरिक प्राधिकरणको महानिर्देशकमा बनाइएको थियो प्रदीप अधिकारीलाई । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेमार्फत चलखेल गरी अधिकारी महानिर्देशक बनाइएको थियो । बाह्रौं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईँ र प्रतावबाबु तिवारीलाई हटाएर ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाइएको थियो । उनै अधिकारी अहिले भ्रष्टाचारका दुई वटा मुद्धा झेलिरहेका छन् ।

बिज्ञापन

विशेष अदालतले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान भएका छन् । हेलिपोर्ट निर्माणमा महानिर्देशक प्रदीप अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उनीहरुको विमानस्थलको मुद्दामा बयान आजदेखि शुरु हुनेछ । उता,उनै अधिकारीसँगै तत्कालीन निर्देशक मुरारी भण्डारी पनि पक्राउ परेका थिए । विशेषको इजलाशले उनलाई ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतले माग गरेको धरौटी रकम बुझाए पनि भण्डारी भने अख्तियारकै हिरासतमा रहने भएका छन् । अख्तियारले आइतबार पोखरा विमानस्थलको दोस्रो मुद्दा दायर गरेकाले थुनामा पठाएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए । अख्तियारले ८ अर्ब बराबर भ्रष्टाचार भएको भन्दै ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

यता,आगामी माघमा महानिर्देशकको चार बर्षे कार्यकाल पूरा गरेसँगै घर जानुपर्ने प्रदीप अधिकारी एक तह घटेर उपमहानिर्देशक हुन सबै प्रकारको चलखेल गर्दै थिए । उनका चलखेललाई मन्त्रालयदेखि संवैद्यानिक निकायहरुले समेत साथ दिइरहेका थिए । यस्तै अवस्थामा उनी भ्रष्टाचार मुद्धा लागेर डिल्लीबजार कारागार पुगेका छन् । ०७८ माघमा महानिर्देशक नियुक्त भएका हुन अधिकारी । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कार्याकाल चार बर्षको हुन्छ । उनी आगामी माघबाट महानिर्देशकको जिम्मेवारीबाट हट्दैथिए । त्यस अघि नै उनी एक तह झरेर उप महानिर्देशक बन्ने खेलोमेलोमा लागेका थिए ।

उसो त उनी महानिर्देशक भएको बर्ष दिन पछाडि नै ०७९ चैत्रदेखि नै उपमहानिर्देशक बन्ने प्रयास गरिरहेका थिए । उसो त अधिकारीले तीन बर्ष अगाडि यो प्रयासमा असफल भएका उनी केही अगाडिमात्र एक उपमहानिर्देशक अवकाशमा गएसँगै फेरि चलखेलमा लागेका थिए। आफू उपमहानिर्देशक हुने गरी प्राधिकरणका ११ औं तहका कर्मचारीलाई सिफारिस समितिमा राखेर आफ्नो नाम सिफारिस गर्न लगाएका थिए ।

बिज्ञापन

यो बीचमा ७९ चैत्रमा समेत उपमहानिर्देशकमा घटुवा हुने गरी सिफारिस समिति बनाइएको थियो । प्राधिकरणका कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली ०५६ को व्यवस्थाविपरीत पदपूर्ति समिति गठन गर्दै पुल दरबन्दीमा रहेका महानिर्देशक अधिकारीलाई उपमहानिर्देशकमा बढुवा गर्न सिफारिस समेत गरिएको थियो । नियमविपरीत गठन गरिएको पदपूर्ति समितिले अधिकारीसहित ११औं तहका ६ जनालाई जगन्नाथ निरौला, नविना कर्माचार्य, टेकनाथ सिटौला, बाबुराम पौडेल र विनोद न्यौपानेसहित अधिकारीको नाम सिफारिस भएको थियो,त्यो समयमा । सो समय ११औं तहमा कार्यरत निरौला र कर्माचार्यलाई १२ औं तहमा बढुवा भएका थिए । तिनैमध्येको एक उपमहानिर्देशक अवकाशमा गएसँगै फेरि प्रदीपले आफू बढूवा हुन बढुवा सिफारिस समिति,पर्यटन मन्त्रालय,लोकसेवा आयोगदेखि प्राधिकरणका कर्मचारीलाई समेत दवाव र प्रभावमा पारिरहेका थिए ।

आगामी माघमा कार्यकाल सकिएर एघारौं तहमै फर्किनु पर्ने अवस्था आएपछि प्रदिप बाह्रौं तहमा बढुवा हुन चलखेलमा लागेका छन् । प्राधिकरणमा ११ औं तहलाई निर्देशक, १२ औं तहलाई उपमहानिर्देशक सम्बोधन गरिन्छ । पहिले नै १२ औं तहभन्दा माथिल्लो मानिने महानिर्देशक पद हत्याएका अधिकारी त्यहाँबाट अवकाशमा गएपछि एक तह मुनी झरेर उपमहानिर्देशक खाने गरी चाँजो पाँचो मिलाइरहेको समयमा अख्तियार लागेर हिरासतमा पुगेका हुन ।
अधिकारी तिनै पात्र हुन,जो उपर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालाका अलवा गैरकानुनी सम्पत्ति आर्जनमा अख्तियारको राडारमा छन् ।
रित्तियो क्यान
यसैबीच अख्तियारले एक कम्पनीसहित ५६ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लैजाँदा ४४ जना कर्मचारीहरु नै परेका छन् । यसरी मुद्धा लैजाँदा क्यानको व्यवस्थापनमा रहेका चार जना कर्मचारी अख्तियारले मुद्दा दायर गरेसँगै निलम्बनमा परेका छन्। क्यानका महानिर्देशक प्रदीप अधिकारीका अलवा उपमहानिर्देशकद्वय प्रतापबाबु तिवारी र हंसराज पाण्डे तथा व्यवस्थापनमै रहेका बाबुराम पौडेल र अर्का वरिष्ठ कर्मचारी द्वारिका प्रसाद भट्टराई निलम्बनमा परेसँगै क्यानको उच्च व्यवस्थापन तह रिक्त हुन पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपरथी श्रेष्ठ पनि राजनीतिमा,स्वतन्त्र उमेद्धारी दिने घोषणा

सार्वजनिक संस्थानका ४७ अर्ब गोलमाल

महानिर्देशकबाट झरेर उपमहानिर्देशक बन्न गर्दै थिए चलखेल,पुगे हिरासत

रसुवामा भालुको आक्रमण : दुई जना घाइते

एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

अध्यक्ष त बनेछन्, तर माइनटमा प्रमाणीकरण कहाँ छ?

आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

बिशेष