आठ अर्ब भ्रष्टाचारमा जोडिए यी सचिवहरू

काठमाडौं । लामो समयदेखि प्रभावशाली पूर्वाधार परियोजनाको रुपमा हेरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब ‘देशकै ठूलो भ्रष्टाचार मुद्दा’ का रुपमा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ८ अर्ब ३६ करोडभन्दा बढी बिगो दाबी गर्दै ५५ जना व्यक्तिसहित निर्माण कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

 

बिज्ञापन

यसअघि प्रशासनिक नेतृत्व र कर्मचारी तहलाई मात्र निशाना बनाएको भनेर आलोचना खेप्दै आएको अख्तियारले यसपटक बहुदलीय राजनीतिक नेतृत्वलाई समेत प्रत्यक्ष प्रतिवादी बनाएको छ । मुद्दा खेप्नेहरूमा कांग्रेस, एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेका पाँच पूर्वमन्त्री, नौ पूर्वसचिव, प्राधिकरणका पूर्वमहानिर्देशकदेखि परामर्शदाता समूह र चिनियाँ कम्पनीका अधिकारीसम्म समावेश छन् ।

 

बिज्ञापन

आयोगले पर्यटन मन्त्रालयमा मन्त्री रहने व्यक्तिलाई नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष हुने कानुनी व्यवस्थाअनुसार जिम्मेवार ठहर गर्दै, कांग्रेसका डा. रामशरण महत, एमालेका भीम आचार्य र दीपक अमात्य, माओवादीका पोस्टबहादुर बोगटी (मृत्यु भइसकेकाले मुद्दा उनकी पत्नी राममाया बोगटीमार्फत) र खिलराज रेग्मी सरकारमा मन्त्री बनेका रामप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाएको छ । यीमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्तिको मुद्दामा दोषी ठहर भइसकेका छन् ।

 

त्यस्तै तत्कालीन पर्यटन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मा र कानूनसचिव भेषराज शर्मा विरुद्ध पनि मुद्दा चलाइएको छ । पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा निर्णय प्रक्रियामा संलग्न रहेका रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा र सुरेश आचार्य पनि प्रतिवादी बनेका छन् ।

 

नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा रहने मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरीङ शेर्पा र मदन खरेलमाथि पनि मुद्दा चलाइएको छ । त्यसैगरी प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न मानन्धर, रतीशचन्द्र लाल सुमन, भन्सार विभागका पूर्वमहानिर्देशक मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य र अवकाश प्राप्त पूर्वसचिव मधुकुमार मरासिनीमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

नलिन्चोक हेलिपोर्ट निर्माण प्रकरणमा केही दिनअघि मुद्दा खेपेका प्राधिकरणका प्रबन्धक मुरारी भण्डारीलाई पोखरा विमानस्थल प्रकरणमा पनि प्रतिवादी बनाइएको छ । उपसचिवस्तरका २० जना कर्मचारीहरू समेत मुद्दामा परेका छन् । यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक तथा अहिलेका महानिर्देशक प्रदीप अधिकारीमाथि चार दिनको फरकमा दोस्रो मुद्दा दायर भएको छ ।

 

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारको पालामा लागत अध्ययनका लागि गठन गरिएको परामर्शदाता समूह पनि मुद्दाको घेरामा छ । सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना, सदस्य विनोदानन्द चौधरी र डा. पुरुषोत्तम डंगोलसहित परामर्शदाता टोलीका विज्ञ डा. रबिन्द्रनाथ श्रेष्ठ, सूर्य ज्ञवाली र सन्तोषकुमार श्रेष्ठ विरुद्ध पनि भ्रष्टाचार मुद्दा पेश भएको छ ।

 

विमानस्थल निर्माण ठेक्का पाएको चीनको चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनी र उक्त कम्पनीका तत्कालीन रिजनल जनरल म्यानेजर लिउ सेङछेङ तथा अध्यक्ष वाङ बोमाथि पनि मुद्दा चलेको छ ।

 

गत वर्ष लेखा समितिले विमानस्थल निर्माणमा झण्डै १० अर्बको अनियमितता भएको प्रतिवेदन अख्तियारमा पठाएको थियो । तर आयोगको मुद्दा ‘लागत बढाउने प्रस्ताव र त्यसमा निर्णय लिने प्रक्रियामात्रै’ केन्द्रित छ ।

 

विशेष अदालतमा मुद्दा दायर भएसँगै, देशकै ठूलो पूर्वाधारका नाममा हुने निर्णयको राजनीतिक तथा प्रशासनिक जवाफदेहिताको परीक्षण सुरु भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष