कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट युवा संगठनले राष्ट्रिय आवास कम्पनीका पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर अनुहारमा मलमुत्र दलिदिएका छन्। कम्युनिष्ट युवा संगठनको पाँच नम्बर ब्युरोले अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ अनियमितता गरेको र जग्गा हिनामिना गरेको आरोप लगाउँदै कार्यकक्षमा पुगेर मलपुत्र दलेका हुन । कम्युनिष्ट युवा संगठनको पाँच नम्बर ब्युराले पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर मलमुत्र दलेको खुलेको छ ।

बिज्ञापन

अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ अनियमितता गरेको र जग्गा हिनामिना गरेको संगठनको दावी छ । उनीहरुले जनकारवाहीको कारण खुलाउँदै भनेका छन्, ‘जनताको नाममा लुटपाट गर्नेहरूलाई अब केवल कागजी फाइलले होइन, जनकोपले भन्दा धेरै कडा तरिकाले जवाफ दिनुपर्ने बेला आएको छ ।’

बिज्ञापन

आगामी दिनहरूमा अन्य भ्रष्ट, कमिसनखोर र दलाल पात्रहरूलाई पनि क्रमिक रूपमा जनकारबाहीको दायरामा ल्याइने संगठनको चेतावनी छ । ‘मल–मुत्र दलेर गरिएको यो कारबाही भ्रष्टाचारविरुद्धको नौलो तर प्रतिकात्मक चेतावनी हो, जसले राज्य मशीनरीभित्र डेरा जमाएका दलाल–घोटालाहरूमाथि जनताको असन्तोष स्पष्ट देखाउँछ’, संगठनले भनेको छ ।

कोही भ्रष्ट हो वा होइन भनेर न्यायिक निरुपण गर्ने अख्तियार लगायतका निकायहरु छन् । कुनै कर्मचारीमाथि आरोप लाग्दैमा यसरी सार्वजनिक रूपमा अभद्र व्यवहार गर्न मिल्छ कि मिल्दैन ? यो कस्तो राजनीतिक संस्कार हो ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष