थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले थप ७ जना उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले किस्ताबन्दीमा कर्मचारीहरुको सरुवा जारी राखेको छ । यस अघि गत १७ गते र १० गते कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा गरेको सामान्यले आज सात जना उपसचिवहरुको सरुवा गर्दा चार जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कुश्मा नगरपालिका,पर्वतबाट घनश्याम गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने कोहल्वी वारा नगरपालिकाबाट पितानाथ लुइटेललाई लालबन्दी नगरपालिका,सर्लाहीमा पठाइएको छ । सामान्यको अतिरिक्तमा रहेका रमेश श्रेष्ठलाई कोहल्वी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा शिक्षाका उपसचिव खिमबहादुर भुजेल लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

यस्तै,लहान नगरपालिकाबाट जयकान्त झा बृन्दावन नगरपालिकामा सरुवा भएका छन् भने मुख्यमन्त्री कार्यालयबाट नारायण पोखरेललाई कामकाजका लागि चिकित्सा शिक्षा आयोग र भौतिकका सिडिई अमित आचार्य शिक्षा मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष