संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले थप ७ जना उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले किस्ताबन्दीमा कर्मचारीहरुको सरुवा जारी राखेको छ । यस अघि गत १७ गते र १० गते कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा गरेको सामान्यले आज सात जना उपसचिवहरुको सरुवा गर्दा चार जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ ।
बिज्ञापन
सरुवाको सूची अनुसार,कुश्मा नगरपालिका,पर्वतबाट घनश्याम गौतमलाई गृह मन्त्रालयमा ल्याइएको छ भने कोहल्वी वारा नगरपालिकाबाट पितानाथ लुइटेललाई लालबन्दी नगरपालिका,सर्लाहीमा पठाइएको छ । सामान्यको अतिरिक्तमा रहेका रमेश श्रेष्ठलाई कोहल्वी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा शिक्षाका उपसचिव खिमबहादुर भुजेल लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
बिज्ञापन
यस्तै,लहान नगरपालिकाबाट जयकान्त झा बृन्दावन नगरपालिकामा सरुवा भएका छन् भने मुख्यमन्त्री कार्यालयबाट नारायण पोखरेललाई कामकाजका लागि चिकित्सा शिक्षा आयोग र भौतिकका सिडिई अमित आचार्य शिक्षा मन्त्रालयमा पुगेका छन् ।


























