पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा व्यापक अनियमितता भएको ठहरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जना पूर्वसचिवसहित उच्च पदस्थ अधिकारीहरूलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

आयोगले ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी आइतबार मुद्दा दायर गरेको हो ।अभियोगित व्यक्तिमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे पहिलो नाममा छन् । घिमिरे नेपाल वायु सेवा निगमको अध्यक्षसमेत भइसकेका थिए र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको कार्यदलको संयोजकसमेत रहेका थिए ।

 

बिज्ञापन

दोस्रो नाममा बागमती प्रदेश लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पर्यटन मन्त्रालयका पूर्वसचिव सुरेशमान श्रेष्ठ छन् । भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन् ।

 

पर्यटन मन्त्रालयकै तत्कालीन सहसचिव मोहनकृष्ण सापकोटा, रञ्जनकृष्ण अर्याल र सुरेश आचार्य पनि मुद्दा दायर सूचीमा छन् । सापकोटा पर्यटन मन्त्रालयको निमित्त सचिव भएको बेला उक्त निर्णय प्रक्रियामा संलग्न रहेको आयोगको ठहर छ । उनी पछि गृह मन्त्रालयको सचिवसमेत बनेका थिए ।

 

त्यस्तै अर्थ मन्त्रालयका पूर्वसचिव सुमनप्रसाद शर्मा, पूर्वअर्थ सचिव मधुकुमार मरासिनी, कानून तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, भन्सार विभागका पूर्वमहानिर्देशक सूर्यप्रसाद आचार्य र सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा समावेशी आयोगका पूर्वअध्यक्ष डा.रामकृष्ण तिमल्सेना पनि प्रतिवादी बनाइएका छन् ।

 

सार्वजनिक पदमा रहँदा परियोजनाको निर्णय प्रक्रिया, मूल्यांकन र कार्यान्वयनमा संलग्नता रहेको देखाउँदै आयोगले उनीहरूलाई आर्थिक अनुशासन उल्लंघन गरेको आरोप लगाएको छ ।

 

मुद्दा दायरसँगै यो प्रकरण अदालतमा सुनुवाइको चरणमा प्रवेश गरेको छ । अब मुद्दा कहाँ पुग्छ भन्ने कुराले देशको ठूलो पूर्वाधार परियोजनामा हुने निर्णय प्रक्रियाको जवाफदेहिता कति स्थापित हुन्छ भन्ने प्रश्न पनि उठाएको छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष