बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको मिति २०८२/०८/२० गतेको निर्णयअनुसार कार्यवाहक अध्यक्ष उत्तम कटवाललाई केन्द्रीय अध्यक्ष र खुला उपाध्यक्ष यज्ञबहादुर  ओलीलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको घोषणा भएपछि संगठनभित्र विवाद चुलिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

खुला केन्द्रीय उपाध्यक्ष वलीले उक्त निर्णयलाई बिधानविपरीत, लज्जास्पद र मनोबल गिराउने कदम भएको भन्दै सार्वजनिक आपत्ति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कडा भाषामा लेख्दै आफूलाई लज्जित बनाएको निर्णय केन्द्रीय कार्यसमितिले गरेको दाबी गरेका छन् ।

ओलीले लेखेका छन्, ‘निजामती कर्मचारी युनियनको आज बसेको पूर्ण बैठकको कथित निर्णयअनुसार कार्यवाहक अध्यक्षबाट केन्द्रीय समितिले अध्यक्ष बनाएको भनि सामाजिक सञ्जालमा आएको विषयले मलाई अत्यन्त लज्जित बनाएको छ ।’

बिज्ञापन

 

उनका अनुसार संगठनको गरिमामय सम्मेलन नगरी, बिधानविपरीत नेतृत्व तोकिएको भन्दै नेतृत्व तहमा व्यक्तिगत अभिष्ट पूरा गर्न कुनै सीमा नमानी निर्णय गरिएको आरोप लगाएका छन् । ‘आजको निर्णयले देशभर रहेका युनियनकर्मीको मनोबल गिराएको छ,’ उनले लेखेका छन् ।

 

५६ जिल्ला र धेरै विभागको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा महाधिवेशन नगरी पदोन्नति गर्ने कदम ‘लाज पनि लाजाउने’ किसिमको रहेको उनको भनाइ छ ।

 

ओलीले बिधानअनुसार समयमा अधिवेशन गराएर नेतृत्वमा चुनौती दिन आफू तयार रहेको बताउँदै हालको निर्णयलाई अस्वीकार गर्न देशभरका युनियनकर्मीलाई खुला अपिल गरेका छन् ।

 

उनको भनाइले कर्मचारी युनियनभित्र नेतृत्व चयन प्रक्रिया र आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि चुलिएको संकेत देखिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष