पृथ्वी — यही हाम्रो घर हो,
आकाशको ओढने र हरियो साँघुरो गल्लीहरूमा
पसारिएको हाम्रो श्वास।
पहाडको काखमा सुतेको मौनता,
तराईको पसिनामा भिजेको जीवन,
र हिमालको चिसो हावासँग बाँच्दै
सबै यही पृथ्वीको मुटुका धड्कन हुन्।
कसरी बिर्सन सक्छौं हामी,
जब माटोले हामीलाई जन्म दियो,
र पानीले जीवन भरेर आँखाभरि आकाश देखायो।
तर आज,
त्यो माटो बिस्तारै धुलो बन्दै छ,
त्यो पानी प्लास्टिकको चिरिएको भाँडोमा रित्तिँदै छ।
अब मौन बस्ने बेला होइन ।
हातेमालो गरौँ,
रुख रोपौँ, फोहोर छुट्याऔँ,
सपना सँगाल्ने पृथ्वीलाई
फेरि भविष्यको लागि हरियो बनाऔँ।
एक थैली कम प्रयोग गरौँ,
एक बत्ती कम बालौँ,
तर एक एक माया धेरै जगाऔँ।
हामी साना छौँ, तर सँगै हुँदा सागर जस्तै विशाल।
हाम्रो हृदय पृथ्वीको हृदयसँग धडकियोस् ।
किनभने, पृथ्वी हाम्रो माया हो,
र माया कहिल्यै मर्नु हुँदैन।
पृथ्वी हिजो भएका कारण
आज जिवनमा छौ हामी
आज बाँचेका र आगनमा खेलेका कारण
भोलिको सन्ततिको लागि
पृथ्वी रुपि घरलाई जोगाउनु छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























