जनचेतना डकुमेन्ट्रीको नाममा ‘गुणगान भिडियो’, ७ जनामाथि मुद्दा

काठमाडौँ — रौतहटको कटहरिया नगरपालिकामा जनचेतनामूलक डकुमेन्ट्री बनाउने बहानामा सरकारी रकम झिकिएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा स्वीकृत कार्यक्रम वा बजेट नै बिना नगरपालिकाले ‘सरिता फाउन्डेसन’ नामक संस्थासँग सम्झौता गरी डकुमेन्ट्री बनाएको दाबी गरियो। तर अनुसन्धानले देखाएको वास्तविकता फरक छ—जनचेतनाभन्दा नगर प्रमुखको प्रशंसा गर्दै तयार गरिएको भिडियो न सार्वजनिक भयो, नै प्रसारण।

बिज्ञापन

अख्तियारले झिकेको तथ्यांक अनुसार, नक्कली कागजात उत्पादन गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी गरिएको छ। आयोगले मुद्दा दायर गर्दै बिगो बराबरको जरिवाना र कैद सजाय माग गरेको छ।

मुद्दामा कार्यकारी अधिकृत साहसँगै लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारी राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्र, तथा फाउन्डेसनकी निर्देशक सरिता कुमारी साहलाई समेत समावेश गरिएको छ।

बिज्ञापन

अख्तियारको दाबी छ—पत्राचार, स्वीकृति र प्रसारण प्रक्रिया नभएको योजनामा सरकारी रकम प्रयोग भएर नगरपालिकाको नाममा प्रचार होइन, व्यक्तिको गुणगान बेचियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष