जाँचबुझ आयोगले लियो पूर्व गुप्तचर प्रमुख थापाको बयान

भदौ २३ र २४ गते घटेका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापामाथि लगाइएको उपत्यका नछाड्ने प्रतिबन्ध हटाएको छ।

बिज्ञापन

 

बिज्ञापन

आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माका अनुसार थापाको बयान प्रक्रिया अन्त्य भएको र त्यसपछि स्वतः उपत्यका नछाड्ने निर्णय खारेज गरिएको हो। शर्माले भने, “उहाँको बयान पूरा भएको छ, त्यसअनुरूप आयोगको आदेश फिर्ता भएको हो ।”

 

बिज्ञापन

थापामाथि यसअघि विदेश जान पनि रोक लगाइएको थियो। सोही छानबिनका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलगायतलाई पनि निश्चित परिधिभित्र सीमित रहने आदेश दिएको छ।

 

आयोगले अन्य पदाधिकारीहरूको बयान अझै बाँकी रहेको बताउँदै आगामी दिनमा क्रमशः उनीहरूलाई पनि बयानका लागि बोलाइने जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष