भदौ २३ र २४ गते घटेका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापामाथि लगाइएको उपत्यका नछाड्ने प्रतिबन्ध हटाएको छ।
बिज्ञापन
बिज्ञापन
आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माका अनुसार थापाको बयान प्रक्रिया अन्त्य भएको र त्यसपछि स्वतः उपत्यका नछाड्ने निर्णय खारेज गरिएको हो। शर्माले भने, “उहाँको बयान पूरा भएको छ, त्यसअनुरूप आयोगको आदेश फिर्ता भएको हो ।”
बिज्ञापन
थापामाथि यसअघि विदेश जान पनि रोक लगाइएको थियो। सोही छानबिनका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङलगायतलाई पनि निश्चित परिधिभित्र सीमित रहने आदेश दिएको छ।
आयोगले अन्य पदाधिकारीहरूको बयान अझै बाँकी रहेको बताउँदै आगामी दिनमा क्रमशः उनीहरूलाई पनि बयानका लागि बोलाइने जानकारी दिएको छ।


























