बैकुण्ठ अर्याल : विद्यालय निरिक्षकदेखि सचिवसम्म

सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ ।  केही बेर अघि बसेको मन्त्रिपरिषद्का बैठकले बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

अर्यालको नाम सचिव बढुवाका एकल सिफारिस भएको थियो । गत साता बसेको सचिव बढुवा सिफारिस समितिले एकल बढुवा सिफारिस गरेको अर्याललाई आज बसेको क्याविनेटले सचिवमा उकालेको हो ।

बिज्ञापन

चार पटकसम्म नाम सिफारिस भएर सचिव हुन सकेका थिएनन् । निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन अन्तरगत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप अर्यालको नाम सिफारिस भएकोमा आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

२०५३ सालमा रुकुमबाट विद्यालय निरिक्षकका रुपमा सेवा प्रवेश गरेका अर्याल ०७१ सालमा सहसचिव भएका हुन् अर्याल हाल हाल सूदुरपश्चिम प्रदेशको कामु प्रमुख सचिव पदमा कार्यरत छन् । यस अघि चार पटकसम्म लगातार बढुवाका लागि सिफारिस भएका थिए । शिक्षा सेवाका अर्यालको नाम यस अघि सोही सेवाका कृष्णप्रसाद काप्रीसँगै उनको समेत नाम सिफारिस भएको थियो । गत १० मंसिरमा एकै पटक मुख्य सचिव एकनारायण अर्याल र गोकर्णमणि दुवाडी अवकाशमा गएसँगै रिक्त हुन पुगेको दुई सचिवमध्ये एक पदमा बढुवाका लागि अर्यालको नाम सिफारिस भएको हो ।
यस अघि बरिष्ठतामा अगाडि भएर पनि गोकर्णमणि दुवाडी,रघुराम विष्ट,डण्डु घिमिरेहरु यसैगरी बढुवा भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष