प्रधानमन्त्रीको सचिवालयमा व्यापक कटौती,विवादित श्रेष्ठ अझैं जिम्मेवारीमा

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छन्।प्रधानमन्त्री कार्यालयका अनुसार, प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) मा कुल ६६ जनाको दरबन्दी रहे पनि यसअघि नै अति आवश्यक २० जनामा सीमित गरी मितव्ययी रूपमा सञ्चालन गरिँदै आएको तर जेन जेड युवा पुस्ता तथा विभिन्न पक्षबाट निरन्तर उठेका प्रश्न र सुझावलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले सचिवालयलाई थप सानो र प्रभावकारी बनाउने निर्णय गरेको जनाइएको छ ।

बिज्ञापन

२६ सदस्यीय सचिवालयबाट १२ जनालाई हटाएर १४ मा सीमित पारिएको हो । प्रमुख सल्लाहकार र सचिवालयका सदस्यहरू एकपछि अर्को विवादमा मुछिएपछि अप्ठेरोमा परेकी उनले हाल कार्यरत केहीलाई हटाए पनि विवादितलाई भने जिम्मेवारीमै राखिएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीको मुख्य सल्लाहकार अजयभद्र खनाल,जनसम्पर्क सल्लाहकारका गोविन्दनारायण तिमिल्सिना,प्रधानमन्त्रीको निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा मानबहादुर केसी,प्रेस संयोजक रामबहादुर रावल,सूचना, प्रविधि तथा सञ्चार विज्ञमा अरूण कटुवाल र युवा तथा सामाजिक विकास विज्ञमा प्रदिप ज्ञवाली कार्यरत रहेका छन् ।प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ कार्यरत रहेका छन् । उनी सर्वाेच्च अदालत करारका नासु हुन । प्रधानमन्त्री कार्कीलाई सबैभन्दा बढी विवादित बनाउने पात्र उनै हुन । श्रेष्ठलाई भने जिम्मेवारीबाट हटाइएको छैन ।

प्र सर्वोच्च अदालतमा रहँदै विवादित गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका आर्दश श्रेष्ठ सुशीला प्रधानमन्त्री नियुक्ति भएको साता दिन पछि प्रधानमन्त्रीको प्रमुख स्वीकय सचिवको रुपमा प्रवेश गरेका थिए । ले त्यसको दुई साता पछि आफ्ना पत्नीलाई सहसचिव सरहको सुविधा लिने गरी प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति गरेको भेटिएको छ भने त्यहाँ आफ्ना नातागोताले भरेका छन् ।

बिज्ञापन

उनै श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएका हुन । आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् । यस्तै नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।यस्का अलवा प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।
जसमध्ये अब प्रधानमन्त्रीको सचिवालयमा ६ सदस्यीय रहने भएको हो । यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने कायम राखिएको छ। उनकी श्रीमती संगीता श्रेष्ठ पनि हटाइएकी छन्। कटौतीमा परेकाहरुमा प्रदीप ज्ञवाली, आकृती घिमिरे लगायत रहेका छन् ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने छन्।तर सबैभन्दा विवादित मानिएका पात्र आर्दश श्रेष्ठलाई भने हटाइएको छैन । यस अघि सर्वोच्चको आइटी शाखामा करार सेवामा रहेका श्रेष्ठमाथि पेशी तोक्दा सूचना चुहाउने र मुद्दामा चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ थियो । श्रेष्ठ ०६१ सालमा आइटी सपोर्ट पर्सनका रूपमा नियुक्त भएका श्रेष्ठले लामो समय सर्वोच्चको पेशी व्यवस्थापन शाखामा काम गरेका थिए। सुशीला कार्कीको समयमा नासु पदमै रहे पनि अधिकृत स्तरको सुविधा पाएको उनी अहिले प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा छन् । सिन्धुली घर भएका श्रेष्ठ २०६१ सालमा सर्वोच्च अदालतको आईटी सपोर्ट पर्सन पदमा नियुक्त भएका थिए। लामो समय उनले पेशी व्यवस्थापन शाखामा काम गरे। गोलाप्रथा सुरु हुनुअघि उनी प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमै बसेर पेशी तोक्ने कार्यमा संलग्न रहँदै आएका थिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको सचिवालयमा व्यापक कटौती,विवादित श्रेष्ठ अझैं जिम्मेवारीमा

९६ विद्यार्थी लाभान्वित : Elevation Vital Nepal को न्यानो कपडा तथा खेलकुद सामाग्री वितरण

हेटौँडामा सडक विस्तार : प्रशासन आक्रामक मोडमा, विशेष टास्कफोर्स सक्रिय

सचिव सरुवाको बिषय किन राखियो गुपचुप ?

दुई महानिर्देशकबीच एमओयू : राष्ट्रिय किताबखानाको सेवा अब डिजिटल रूपान्तरणतर्फ

मिराज ढुंगानालाई सिंहदरबार प्रवेशमा रोक

स्वचालित सरुवादेखि निजामती ऐन जारीसम्म : यस्ता छन् मुख्य सचिवका २५ प्राथमिकता

दूरसञ्चारका अध्यक्ष भइदिएको भए दूरदर्शी

बिशेष