दूरसञ्चारका अध्यक्ष भइदिएको भए दूरदर्शी

कल्पना गरौं, नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौं १९ मा २६ वटा सामाजिक प्लेटफर्म निस्क्रिय नपारिदिएको भए के हुन्थ्यो ? भदौं २३ र २४ को जेनजी विद्रोह हुनेथियो । न त जानेथियो अनकाहक ७७ जनाको ज्यान,दुई हजार बढी घाइते । यो घटनाको अगाडि फर्कने हो भने सामाजिक सञ्जाल बन्दको निर्णय प्रमुख कारण थियो । सामाजिक सञ्जाल बन्द गर्ने कार्य दूर सञ्चार प्राधिकरणले गरेको हो । भलै यसमा मन्त्रिपरिषद्को निर्णय अनुसार सञ्चार मन्त्रालयले निर्देशन पछि दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल निस्क्रिय पारिएको थियो ।

बिज्ञापन

अहिले दूरसञ्चार प्राधिकरको अध्यक्षको कुर्सीमा छन्, भूपेन्द्र भण्डारी जो पूर्व मन्त्री तथा माओवादी नेता रेखा शर्माको जोडबलमा दूरसञ्चार प्राधिकरणमा नियुक्त भएका हुन । ०८० असार ५ गतेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ‘दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार‘ नियुक्त गर्ने निर्णय गरेको थियो । सल्लाहकार हुादा दूरसञ्चार प्राधिकरणबाटै तलब र सुविधा पाउनेगरी नियुक्ति लिएका थिए । कर्मचारीहरुका अनुसार, यस अघि दरबन्दीभन्दा बाहिरका व्यक्तिलाई त्यहाँबाट तलब–भत्ता दिने अभ्यास थिएन । यस्को शुरुवात उनकै पालादेखि भएको हो । प्राधिकरणका अधिकारीहरूले यसमा असहमति मात्र जनाएनन्, मन्त्रालयको पत्र पनि बाहिरियो । तर मन्त्री दाहिना हुँदा भण्डारी प्राधिकरणलाई तलब सुविधाको दायित्व हुनेगरी कायम रहे । पहिला त उनी रेखा शर्माको सल्लाहकार थिए । सामाजिक सञ्जाल बन्दको निर्णयपछि आक्रोषित र आन्दोलित युवाहरुको ज्यान जाने यो निर्णयको जिम्मेवार जति केपी ओली,रमेश लेखक,गोकर्णमणि दुवाडी,चन्द्र खापुङ्गहरुलाई ठानेको छ र उनीहरुलाई गौरीबहादुर कार्कीको आयोगले स्थानहद लगाएको छ । अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमै राखेको छ ।

बिज्ञापन

यो घटनामा उतिकै दोषी र जिम्मेवार पात्र हुन्, भण्डारी । तर उनीमाथि कुनै अनुसन्धान,कारवाही भएको सुनिदैन । रेखा शर्मा सञ्चारमन्त्री हुँदा उनका सल्लाहकार हुँदै आफू सल्लाहकार हुँदा आफू अनुकुलको प्रावधान राखेर उनी दूरसञ्चार प्राधिकरणमा छिरेका हुन भण्डारी । प्राधिकरणको अध्यक्षका लागि २०८० माघ १४ गते विज्ञापन खुल्यो । सो विज्ञापन खुलाइँदा जसरी जानुका ढकालका लागि योग्यता नै परिमार्जन गरिएको थियो ठीक उही शैलीले दूरसञ्चार ऐन, २०५३ मा तोकिएको योग्यतालाई खुम्च्याइएको थियो । प्राधिकरणको गठन सम्बन्धी ऐनको दफा ५ मा उल्लेखित व्यवस्था अन्तर्गत उपदफा ९१० मा भनिएको छ, “प्राधिकरणमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्षसहित पाँचजना सदस्यहरू रहनेछन् ।
विज्ञापनमा निजी क्षेत्रमा सञ्चार प्रविधि क्षेत्रमा १० वर्ष काम गरेकाहरू योग्य हुने भनेर तोकिए पनि सरकारी निकायमा उपल्लो पदबाहेक अन्यमा १० वर्ष अनुभव हासिल गरेकाहरू अयोग्य हुने गरी प्रावधान राखियो । प्राधिकरणको अध्यक्षका पूर्व सचिवदेखि एक से एक काविलहरु मैदानमा थिए तर भण्डारीले नियुक्ति भेट्टाए । अझैं रोचक त भण्डारीलाई नियुक्ति दिलाउनकै लागि सात महिना कार्यकाल बाँकी रहदै पुरुषोत्तम खनाललाई राजीनामा गर्न लगाइएको थियो ।

बिज्ञापन

भण्डारीको नियुक्तिपछि भण्डारीले पेनेप प्रालिमा १५ लाख कित्ता शेयर रहेको विवरण बुझाए, जुन कम्पनी प्राधिकरणले नै नियमन गर्छ । यो स्पष्ट स्वार्थ बाझिने बिषय हो । पछि शेयर बेचिएको बताइए पनि यो घटनाले नियामक प्रमुखको नैतिकतामै आघात पुर्यायो । यस्तै, नियुक्तिका लागि पेश गरेका दुई अनुभव प्रमाणपत्रमा समयावधि ओभरल्याप भएको दाबी गर्दै अख्तियारमा उजुरी पर्यो । एउटै समयमा दुई फरक कम्पनीमा काम गरेको देखिएपछि योग्यताको आधारमै प्रश्न उठ्यो । नियमावलीले अध्यक्ष बन्न कम्तीमा १०–१५ वर्षको अनुभव अनिवार्य गरेको छ ।यसरी प्राधिकरणमा छिरेका उनै भण्डारीको एउटा निर्णयका कारण नरसंहार हुन पुग्यो । यसतर्फ कसैको आँखा परेको छैन । कसैले सोचेको पनि छैन । बरु केपी ओली र लेखकलाई नरसंहारको आरोप लागेका बेला यसका प्रमुख पात्र भण्डारी भने गुमनाम देखिन्छन् । उनै भण्डारीले अडान लिन सकेको भए,सरकारलाई कन्भिन्स गराउन सकेको भए अर्थात परिपक्क र बैज्ञानिक र व्यवहारिक निर्णय सिफारिस भएको भए सायद यति धेरै निर्दोष युवाहरुको ज्यान जाने थिएन । जेनजी विद्रोह पनि हुने थिएन । भण्डारीको कार्यसम्पादनमा देखिएका त्रुटीको एउटा ज्वलन्त उदाहरण हो यो ।

प्राधिकरण नेपालमा सामाजिक सञ्जाल, दुर सञ्चार क्षेत्र, इन्टरनेट सेवा प्रदायक सबैको नियमन गर्ने संस्था हो । सञ्जाल बन्द गर्ने, नगर्ने वा कसरी नियमन गर्ने भन्ने सबै प्राधिकरणको तजबिज र निर्णयमा भर पर्छ । यी घटनाको जिम्मेवारी प्राधिकरणका अध्यक्षले लिनुपर्ने आवाज उठिरहेको छ । उसो त भण्डारी अध्यक्ष भएर गए यता नेपाल दूरसञ्चार प्राधिकरणमा विनियोजित अर्बौं पुँजीगत बजेटमध्ये १ प्रतिशत पनि खर्च हुन नसकेको बिषयमा समेत प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दूरसञ्चारका अध्यक्ष भइदिएको भए दूरदर्शी

हराएका २७ प्रहरी खोज्दै हेर्डक्वार्टर

सरुवा भएको भोलिपल्टै उपसचिवविरुद्ध भ्रष्टाचार मुद्धा

एउटै लेखा अधिकृतको काँधमा ६ कार्यालय

१९ बर्षदेखि उद्योग मन्त्रालयमा बोहराको रजगज : शुरु नियुक्ति,निलम्बनदेखि उपसचिवसम्म

विवेकको प्रकाशमा: धन र पदभन्दा ठूलो उपलब्धि       

निजामतीको सर्वाेच्च पदमा क्रमश तीन अर्याल : दुई विवादित,सुमनको अग्निपरीक्षा

कान्ति बाल अस्पतालमा चरम अव्यवस्था : निर्देशक डा. पंकज रायको लापरवाहीले अस्पताल ‘भद्रगोलतन्त्र’ मा

बिशेष