कान्ति बाल अस्पतालमा चरम अव्यवस्था : निर्देशक डा. पंकज रायको लापरवाहीले अस्पताल ‘भद्रगोलतन्त्र’ मा

काठमाडौं । मुलुककै एक मात्र विशेष सरकारी बाल अस्पताल—कान्ति बाल अस्पताल—निर्देशक डा. पंकज रायको नेतृत्वमा इतिहासकै ठूलो व्यवस्थापकीय सङ्कटमा फसेको छ ।

बिज्ञापन

गत एक सातादेखि नियमित अप्रेसन थिएटर (ओटी) पूर्ण रूपमा बन्द हुँदा सयौँ बालबालिका जरुरी उपचारबाट बञ्चित भइरहेका छन् । कतिपय बालबालिकाको स्वास्थ्य ज्यान जोखिममा पुगे पनि निर्देशक राय भने उदासीन र गैरजिम्मेवार देखिएका छन्।

बिज्ञापन

छ महिनाअघि शल्यक्रियाको मिति दिएर घर पठाइएका दर्जनौँ बालबालिका अहिले अस्पतालमै रोइरहेका छन् ।तर निर्देशक रायको तर्क अझै बढी आश्चर्यजनक र गैरमानवीय छ “अप्रेसन नभएकै कारण कसैको ज्यान गएमा म जिम्मेवार हुँदैन ।”

उनी आफ्नै शब्दमा “व्यवस्थापकीय रूपमा असफल” भएको स्वीकार गर्छन् । अस्पतालका चिकित्सकले समेत “निर्देशकलाई नै निर्देशकका रूपमा नस्वीकार गरेको” रायले खुलेर बताएका छन् । मर्मतको बहाना, तर वास्तविकता ‘आन्तरिक झगडा’

बिज्ञापन

रायले सुरुमा ओटी बन्द हुनुको कारण मर्मत सम्भार देखाए पनि, मर्मत नचालिएको प्रमाण प्रस्तुत गरेपछि उनले आन्तरिक विवाद र झगडाका कारण ओटी बन्द गरिएको स्वीकार गरेका छन्।

यसले अस्पतालको प्रशासनिक दिवालियापन झन् स्पष्ट बनाएको चिकित्सकहरूको टिप्पणी छ।रायको मनोमानी, धम्कीपूर्ण शैली तथा तलब–सुविधा कटौतीका कारण उनको कार्यकालमै कम्तीमा १० जना विशेषज्ञ डाक्टर अस्पताल छाडिसकेका छन्।अन्य चिकित्सक पनि छोडेर जाने तयारीमै छन् ।“नियमित बिदा माग्दा पनि जागिर छाड भनेर धम्की दिने गरेको”चिकित्सकहरूको गुनासो छ।

रायको गाली–गलौज, आदेशात्मक शैली र गैरव्यावसायिक व्यवहारका कारण अस्पतालका धेरै विभाग चरम त्रासमा छन्।

एक वरिष्ठ चिकित्सकका शब्दमा “यस्तै नियमनविहीन नेतृत्व रहेमा अस्पतालका सबै सेवा जुनसुकै दिन बन्द हुन सक्छ।”अस्पतालकै सबैभन्दा संवेदनशील विभाग—अप्रेसन थिएटर—माथिको अव्यवस्थाले ९ जना कर्मचारी एकैसाथ राजीनामा दिएका छन्।

ओटी प्रमुख डा. विजय थापाले पनि राजीनामा दिएका छन्—हालसम्म स्वीकृत गरिएको छैन।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले आफू घटनाबारे जानकारी लिएर आवश्यक कदम चाल्ने बताएकी छन्।उनले रायमाथि संकेत गर्दै भनिन्“निर्देशकले धेरै कुरा समयमा जानकारी नै गराउँदैनन्।”

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष