प्रशासन–प्रहरीको संरक्षणमै अवैध क्लिनिक सञ्चालन: सिडिओको आदेशपछि मात्र बन्द गर्ने निर्णय

सिन्धुपाल्चोकको मेलम्चीमा अवस्थित शिवशक्ति स्वास्थ्य क्लिनिक अवैध रूपमा सञ्चालन गर्दै सुत्केरी सेवा तथा गर्भपतन गराउँदै आएको क्रममा गम्भीर अनियमितता फेला परेपछि क्लिनिक बन्द गर्ने र सञ्चालकमाथि कानुनी कारबाही अघि बढाउने निर्णय भएको छ। कर्मचारी प्रेसले घटनाबारे लगातार समाचार सार्वजनिक गरेपछि आइतबार बसेको सुरक्षा तथा प्रशासनिक बैठकबाट यस्तो निर्णय गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

बैठकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु बास्तोलाले जनस्वास्थ्य ऐन बमोजिम तत्काल क्लिनिक बन्द गर्न र जिम्मेवार व्यक्तिमाथि कारबाही अघि बढाउन निर्देशन दिएका थिए। स्रोतका अनुसार बैठकमा जिल्ला प्रहरी प्रमुख (एसपी) उपस्थित थिएनन्। एसपीको तर्फबाट इन्स्पेक्टर उपस्थित रहेका थिए भने पछि डिएसपी कार्यक्रमस्थलमा आएका थिए।

निर्णयमा डिएसपीले हस्ताक्षर गर्न मानेका थिएनन्, तर सिडिओको निर्देशनपछि अनिच्छापूर्वक हस्ताक्षर गरेका थिए।

बिज्ञापन

 

क्लिनिकले सरकारबाट फार्मेसी सञ्चालनको अनुमति मात्रै पाएको भए पनि त्यही अनुमति प्रयोग गरी सुत्केरी सेवा, गर्भपतन, ल्याब, एक्स–रेलगायतका सेवा पूर्णतः अवैध रूपमा गर्दै आएको खुलेको छ। यसअघि नै जिल्ला जनस्वास्थ्य कार्यालयले छापा मारेर उपकरण जफत गरे पनि क्लिनिक बन्द गर्न नपुगेको थियो।सिन्धुपाल्चोककी जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँका अनुसार,“शिवशक्ति पोलिक्लिनिकको दर्ता नै भेटिएको छैन।”

 

क्लिनिकको अवैध कामलाई चरम गम्भीर बनाउने अर्को घटना—एक अविवाहित २० वर्षीय दलित युवतीलाई अवैध रूपमा ८ महिनाको बच्चा जन्माइदिनु—हालै सार्वजनिक भएको हो।

 

काठमाडौंमा लिभिङ टुगेदरमा बस्दै आएकी ती युवती गर्भवती भएपछि काठमाडौंमै गर्भपतन गर्न खोजिएको थियो। असफल भएपछि उनी गर्भसहित माइती पुगेकी थिइन्। परिवारले मेलम्चीस्थित शिवशक्ति पोलिक्लिनिकमा लैजाँदा त्यहीँ प्रसूति गराइयो।

 

तर बच्चा जन्मिएपछि युवतीले शिशुलाई लैजान नमानेपछि क्लिनिककी स्टाफ नर्स शान्ता जिरेलले शिशु फ्याँक्न खोजेको आरोप स्थानीयले लगाए। उनी स्थानीयले रंगेहात समातेपछि मात्र घटना बाहिर आएको हो। नर्स जिरेलले भने आरोप अस्वीकार गर्दै “शिशुको ज्यान बचाएको” दाबी गर्छिन्।

 

घटना सार्वजनिक भए पनि प्रहरी र प्रशासनले काममा ढिलाइ गरेको स्थानीय र पीडित पक्षको आरोप छ।ईलाका प्रहरी कार्यालय मेलम्चीले मुचुल्का उठाए पनि छानबिन अघि नबढेको छ।

 

तर युवतीकी आमाले भने प्रहरी र माइती नेपाल दुबै ठाउँमा पहिले नै जाहेरी दिएको दाबी गरेकी छन्।“जाहेरी दिएको महिनादिन भइसक्यो, प्रहरीले खोजेको भन्छन् तर केही जानकारी दिइएन,” उनले भनिन्।

 

स्थानीयका अनुसार डेढ वर्षदेखि सञ्चालनमा रहेको क्लिनिकले यसअघि पनि अवैध गर्भपतन गराउने क्रममा विवाद खेपेको थियो।

यो संस्था २०८१ वैशाख १३ मा औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ। क्लिनिकका सञ्चालक आनन्द प्रसाद दाहालका नातेदार चिकित्सकका रूपमा त्यहीँ कार्यरत छन्।

स्थानीय र कर्मचारी प्रेसका रिपोर्टमा प्रहरी तथा प्रशासनका केही अधिकारीले मोटो रकम लिएर जटिल प्रकरणलाई ढाकछोप गर्न खोजेको आरोप समेत छ।

 

समाचार सार्वजनिक भएपछि युवती र शिशुलाई माइती नेपालको संरक्षणमा राखिएको छ। घटनाको एक महिना बितिसक्दा पनि फौजदारी मुद्दा दर्ता हुन सकेको छैन।

 

तर आइतबारको सिडिओ–स्तरीय बैठकपछि भने—क्लिनिक जनस्वास्थ्य ऐन अनुसार बन्द गरिने, सञ्चालकविरुद्ध प्रशासकीय कारबाही अघि बढाइने फौजदारी मुद्दा भने जाहेरी प्रक्रियामा अड्किएको कारणले अझै अघि बढ्न सकेको छैन।

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

अवैद्य क्लिनिकलाई सिडियो र एसपीकै संरक्षण

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कान्ति बाल अस्पतालमा चरम अव्यवस्था : निर्देशक डा. पंकज रायको लापरवाहीले अस्पताल ‘भद्रगोलतन्त्र’ मा

भूपु मुख्यसचिवलाई आत्मवृत्तान्त लेख्न प्रधानमन्त्रीको सुझाव

निजामतीको सर्वाेच्च पदमा तीन अर्याल : बैकुण्ठ र एकनारायण विवादै विवादमा,सुमनको अग्निपरीक्षा

प्रशासन–प्रहरीको संरक्षणमै अवैध क्लिनिक सञ्चालन: सिडिओको आदेशपछि मात्र बन्द गर्ने निर्णय

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतलाई विशेषको क्लिन चिट,अख्तियारको असन्तृष्टी

कार्यालय प्रमुख,अधिकृत,नासु,कम्युटर अपरेटरसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

राष्ट्रिय संग्रहालयको वमन भैरव

सामान्य प्रशासनको पहिलो महिला सचिव बनिन चन्द्रकला,तीन महाशाखा प्रमुख महिला

बिशेष