तथ्यांक अधिकृतदेखि निजामतीको सर्वोच्च कमान्डरसम्म

सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागु हुनेगरी अर्याललाई २९ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

बिज्ञापन

मुख्य सचिवको प्रतिष्प्रर्धामा अर्याल, प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा कृष्णहरि पुष्करहरु थिए । यीमध्ये बरिष्ठताका आधारमा अर्याललाई नियुक्ति गरिएको हो ।५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिरबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल १५ महिना मुख्य सचिव चलाएर भोलिबाट बिदा हुन लागेका छन् । त्यस अघिल्लो दिन बसेको मन्त्रिपरिषद्को बैठकले अर्काे अर्याललाई निजामतीको सर्वाेच्च पदमा नियुक्त गरेको हो ।

बिज्ञापन

मुख्यसचिव बढुवाबारे निजामती सेवा ऐन २०४९ को दफा ७५ को उपदफा २ (क) मा उल्लेख छ । जसमा लेखिएको छ, ‘राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।’ सरकारले ज्येष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा बढुवा गरेको हो ।  कुनै समय प्रशासन सेवाकै बोलबोला रहने निजामती सेवाको सर्वाेच्च पदमा परराष्ट्रदेखि तथ्यांक सेवाका सचिवहरुले पदोन्नतीको अवसर पाउन थालेका छन् ।

०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका कर्मचारी हुन । ०५३ साल वैशाख १७ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका उनी ६६ सालमा उपसचिवमा बढुवा भएर राष्ट्रिय योजना आयोगको सचिवालयमा कार्यरत रहेको देखिन्छ । ६८ सालमा सहसचिवमा बढुवा भएसँगै राष्ट्रिय योजना आयोगको सचिवालयमा नियुक्ति पाएका उनी केन्द्रीय तथ्यांक विभाग,प्रदेश सचिवका रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालय धनगढीमा खटाइएको थियो ।

बिज्ञापन

७७ साल माघमा सचिवमा बढुवा भएका उनी त्यस यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर,महालेखा नियन्त्रकको कार्यालय,महिला बालबालिका मन्त्रालय,युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय योजना आयोगको सचिवालय हुँदै गत असोज ५ गतेदेखि रक्षा सचिवको जिम्मेवारीमा छन् । विज्ञान बिषयमा स्नातकोत्तर गरेका अर्याल मुख्यसचिवका रुपमा अबको आठ महिना अर्थात २०८३ असार २५ गतेसम्म  पदमा रहनेछन् । सुमनले राष्ट्रिय तथ्यांक कार्यालयभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो । सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएपछि दोस्रो नम्बरमा रहेका अर्यालको मुख्य सचिव हुने अवसर मिलेको हो ।

अर्यालपछि मुख्यसचिवको पालोमा ६ सचिवहरू दाबेदार रहन्छन् । त्यस्तो दौडमा गृहसचिव रामेश्वर दंगाल, लोक सेवा आयोगका सचिव किरणराज शर्मा तथा सचिवहरू हरि मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ र रविलाल पन्थ रहनेछन् । यी सबै एकैदिन सचिवमा बढुवा भएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष