रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

बिज्ञापन

प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच अर्यालले शपथ लिएका हुन् । राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिको आजै बसेको बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रमेश अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

बिज्ञापन

उनी सोही कम्पनीको सञ्चालक समितिमा रहेर अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय जीवन बीमा कम्पनी नेपालको सबैभन्दा पुरानो र सरकारको पूर्ण स्वामित्व रहेको जीवन बीमा कम्पनी हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष