राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य बिधाका कुनै बिषयमा स्नातकोत्तर गरेकाहरुका लागि पिएचडि(PHD) कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । चिकित्साशास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन गर्ने ब्यबस्था भएपनि पिएचडि गर्ने कार्यक्रम सम्बन्धित बिश्व बिद्यालयले नै तयारी गर्नुपर्ने भएकाले त्यसको पनि सुरुवात गरिएको एमडिजिपि प्राडा केके राईले जानकारी दिए ।

बिज्ञापन

उनले विश्व विद्यालय अनुदान आयोग र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरुसँग सहकार्यमा प्रतिष्ठानमा पिएचडि कार्यक्रम सन्चालन गरिने बताए । प्राडा राईले प्रतिष्ठानमा फुल टाइम ३ वर्ष, पार्ट टाइम ६ वर्षमा पिएचडि गर्न सकिने र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधाका स्नातकोत्तर गरेकाले भर्ना पाउने जानकारी दिए । प्रतिष्ठानमा पहिलोपटक PHD in Primary Health care(प्राथमिक स्वास्थ्य सेवा) कार्यक्रमको तयारी गर्न सुरु गरिएको हो । शैक्षिक कार्यक्रम बिस्तारका लागि सामान्य अभ्यास तथा प्राथमिक स्वास्थ्य सेवामा (General Practice/ Primary care) प्रस्ताबित पिएचडि कार्यक्रमका लागि अनुसन्धान विशेषज्ञ परामर्श गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।

बिज्ञापन

विशेषज्ञ परामर्शमा प्राडा देबराज अधिकारी, डा. निरज धिताल, स्वास्थ्य मन्त्रालयका डा. केशरबहादुर ढकाल, चिकित्सा शिक्षा आयोगका प्राडा सुजन बाबु मरहट्ठा, प्राडा रोहित पोखरेल, प्राडा रमेश आचार्य, डा. चीनज्वाला श्रेष्ठ, पिएचडि, डा.राजकुमार राई, पिएचडि,जिपिएमएएनका सभापति डा.बिश्व दबाडि, डा. खड्ग श्रेष्ठ, पिएचडि, डा. मनिराज क्षेत्रि, पिएचडि, सुलोचना राई ढकाल , पिएचडि, प्राडा कृष्णकुमार राई लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष