सशस्त्रमा ३ डिआइजीको दरबन्दी थप, दंगा नियन्त्रण गर्न छुट्टै गण बनाइने

सशस्त्र प्रहरी बलको संरचना फेरि विस्तार हुँदै तीन नयाँ उपररथी (डीआईजी) पद थपिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोको नेतृत्व अब डीआईजी स्तरबाट हुने व्यवस्था गर्दै नयाँ दरबन्दी स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।

बिज्ञापन

यसअघि यी शाखाहरूको नेतृत्व एसएसपी तहबाट सञ्चालन हुँदै आएको थियो। नयाँ दरबन्दी थपिएसँगै सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या अब १८ बाट २१ पुगेको छ। यसमध्ये २ जनालाई प्राविधिक सेवा सम्हाल्ने व्यवस्था छ।

बिज्ञापन

मन्त्रिपरिषद्ले राजधानीको कीर्तिपुरस्थित निलबाराही गणलाई ‘दंगा नियन्त्रण गण’ मा रूपान्तरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। हाल एसपीको कमान्डमा रहेको गणलाई स्तर वृद्धि गरी एसएसपीको नेतृत्वमा चलाउने निर्णय गरिएको हो।

दंगा नियन्त्रण क्षमता विस्तारका लागि सशस्त्र प्रहरी बलले राजधानीमै छुट्टै गण आवश्यक भएको प्रस्ताव पेश गरेको थियो। सोही प्रस्तावलाई सरकारले स्वीकृति दिँदै संरचना पुनर्संयोजन अघि बढाएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

बिशेष