सिमरा तनाव बारे गृह मन्त्रालयको प्रतिक्रिया: ‘स्थिति सामान्यतर्फ, संयमता अपनाउन आग्रह’

बाराको सिमरा विमानस्थल क्षेत्रमा बुधबार उत्पन्न तनावपूर्ण घटनापछि गृह मन्त्रालयले स्थिति क्रमशः नियन्त्रणमा रहेको जनाएको छ। सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनको पहलमा अवस्था सुधार हुँदै गएको उल्लेख छ।

बिज्ञापन

मन्त्रालयका अनुसार अवरोध र झडपपछि शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासनले आवश्यक सुरक्षा कदम चालेको छ। ‘घटनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

विज्ञप्तिमा मन्त्रालयले वर्तमान सरकार शान्ति–व्यवस्था मजबुत पार्दै तोकिएकै समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा अडिग रहेको दोहोर्‍याएको छ।

मन्त्रालयका अनुसार, निर्वाचन सफल बनाउन सबै पक्षबीच संवाद, समन्वय र सहयोग अपरिहार्य छ।’

बिज्ञापन

गृह मन्त्रालयले राजनीतिक दल र सरोकारवालालाई कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रूपमा स्थानीय प्रशासनसँग समन्वय गर्न अपील गरेको छ। शान्ति र मर्यादा कायम राख्नु साझा जिम्मेवारी भएको मन्त्रालयको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ,शान्तिपूर्ण भेला र अभिव्यक्तिको अधिकार सुनिश्चित गर्न संयमता, समझदारी र संवाद आवश्यक छ।’

मन्त्रालयले सिमराको मुठभेड अन्त्य गरी शान्त वातावरण बनाउन सबै पक्षसँग सहकार्यको अपिल गर्दै तनाव आणखी नबढाउन चेतावनी दिएको छ।

बुधबार सिमरा विमानस्थल क्षेत्रमा एमाले नेता तथा कार्यकर्ताको आवागमनमा रोक लगाएपछि अवरोध, धकेलाधकेल र झडपको स्थिति उत्पन्न भएको थियो। स्थिति उग्र बन्ने संकेत देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष