एक महिना दिनमै खरिदार,शाखा अधिकृतदेखि उपसचिव तहका ४०१ कर्मचारीहरुको भद्रगोलपूर्ण रुपमा सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र सहसचिव पार्वती शर्माको टोली चीनतिर हानिएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्ला २० दिनमै मनमौजी ढंगबाट ४०१ जना कर्मचारीहरुको सरुवा गरेको थियो । कार्तिक महिना कर्मचारी सरुवाको सिजन होइन । निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ । निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ तर मन्त्रालयले कार्तिकमा समेत धमाधम कर्मचारीको सरुवा गरिरहेको थियो,त्यो पनि लट सरुवा होइन कि किस्ताबन्दीमा ।
बिज्ञापन
मन्त्रालयले २७ गते ३ जना उपसचिव,१० शाखा अधिकृत र नासु र खरिदारगरी १४ जना कर्मचारीहरुको सरुवा गरेको थियो । यस्तै,२६ गते को सूची अनुसार,८ उपसचिव र २० जना शाखा अधिकृत र नासु तथा खरिदार तहका ३० जना कर्मचारीको सरुवा गरेको थियो । यस्तै २५ गतेमात्र सो मन्त्रालयले १२ जना उपसचिव र ३१ जना शाखा अधिकृतको सरुवाको सूची सार्वजनिक गरेको छ मन्त्रालयले । संघीय मामिला मन्त्रालयले २४ कार्तिकमा ५ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गर्दा २३ गतेको निर्णय अनुसार ९ जना उपसचिव र १० शाखा अधिकृतहरुको सरुवा गरेको छ,मन्त्रालयले ।
यस्तै,२१ गतेको निर्णय अनुसार थप ९ जना उपसचिव र ३९ शाखा अधिकृतहरु सरुवा भएका छन् । यस्तै २० गतेको निर्णय अनुसार सामान्यले १९ जना उपसचिव र ८ जना शाखा अधिकृत हेरफेरमा परेका छन् । यस्तै,१९ गते १७ जना उपसचिवहरुको सरुवा गर्दा अधिकांश सरुवा उल्टाएर गृहमा पुगेका थिए । बाँकी १९ शाखा अधिकृत र नासु र खरिदार तहका १० कर्मचारीको सरुवा समेत सोही मितिमा गरेको छ,सामान्यले । यस्तै १८ गते ६ जना उपसचिव र १३ जना शाखा अधिकृत र खरिदार र नासु तहका २३ कर्मचारीहरु हेरफेर भएका छन् ।
बिज्ञापन
गत १६ कार्तिकमा मन्त्रालयले १० जना शाखा अधिकृत र नासु तथा खरिदार तहका ७ जना कर्मचारीको खटन पटन गरेको छ सामान्यले । कार्तिक १४ को मितिमा सामान्य प्रशासनले ७ उपसचिव,५ जना शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर गर्दा १३ कार्तिकमा नासु र खरिदार तहका १३ कर्मचारीहरु चलाइएको छ । यस्तै,१२ कार्तिकमा १० जना शाखा अधिकृतहरु सरुवा गरेको थियो मन्त्रालयले । सो को अघिल्लो दिन सामान्य प्रशासनले ५ जना उपसचिव र ८ जना शाखा अधिकृतलाई कामकाजका लागि खटाएको सूचना सार्वजनिक गरेको मन्त्रालयले सोही मितिमा ७ जना शाखा अधिकृतको हेरफेर गरेको छ,मन्त्रालयले ।यस हिसाबले पछिल्लो २० दिनमा मात्र सामान्य प्रशासन मन्त्रालयले किस्ता किस्ता गरेर ४०१ जना खरिदारदेखि उपसचिव तहका कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा गरेको छ मन्त्रालयले ।
सरुवामा कतिसम्म भद्रगोल र वेथिती रह्यो भन्ने एउटा उदाहरण त सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सरुवा भएर हाजिर भएका एक प्रमुख प्रशासकीयलाई लिन सकिन्छ । २०८२ कात्तिक १३ गते उक्त पालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २६ गते धनुषाको मिथिला नगरपालिकामा सरुवा गरेको हो । अर्थात मन्त्रालयले १३ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिएको थियो । निजामती ऐनले कुनै कर्मचारीलाई बढीमा दुई बर्षसम्म नचलाउ भने पनि सर्लाहीको चन्द्रनगर गाउँपालिका जस्तै मधेश र कर्णाली प्रदेशका स्थानीय तहमा पछिल्लो समय १ महिना नबित्दै प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ ।
यसरी मनमौजी र बेमौसमी रुपमा कर्मचारीहरुको सरुवा गरेर सचिव रविलाल पन्त र कर्मचारी प्रशासन महाशाखा प्रमुख समेत रहेकी सहसचिव पार्वती शर्माको उत्तरी छिमेकी मुलुक चीनतिर उडेका छन् । सचिव हुनका लागि दिइने सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालीममा सहभागीहरूलाई चीन लाने कार्यक्रममा पार्वती समेत उत्तरतिर पुगेकी छिन् ।


























