१२२ दल दर्ता,२८ प्रक्रियामा

निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । २८ वटा दल भने दर्ता प्रक्रियामा रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । यस्तै यही अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।

बिज्ञापन

एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार विभिन्न २८ दल दर्ता प्रक्रियामा रहेको बताए ।

बिज्ञापन

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

दर्ताको प्रक्रियामा रहेका दलले कागजात पूरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ ।

बिज्ञापन

यसैगरी आयोगका अनुसार निर्वाचन आयोगमा हालसम्म २ लाख ८५ हजारले मतदाता परिचयपत्र लिएका छन् । आयोगले दल दर्तासँगै मतदाता नामावली संकलनको काम पनि तीव्र रूपमा चलिरहेको जनाएको छ। मतदाता नाम दर्ता आगामी ५ मंसिरसम्म जारी रहनेछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बारामा ठेक्का सूचनामै खेलखेल : पूर्व निमित्त डिभिजन प्रमुखसहित चार जनामाथि अख्तियारको मुद्दा

१२२ दल दर्ता,२८ प्रक्रियामा

विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती

सुरक्षाकर्मी दुरुपयोगमा पूर्व मुख्यसचिवदेखि गृहसचिवसम्म, १७ फिर्ता

पूर्व राजाको अर्बाैको सम्पत्तिमा व्यापारीको रजाई

अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक

स्वास्थ्य र सञ्चारमन्त्रीले अझैं बुझाएनन् सम्पत्ति विवरण, ८ मन्त्रीका विवरण गोप्य

बिशेष